राजबिराज, २१ भाद्र । सप्तरीका पूर्व क्रिकेटर घनश्याम साह (मुन्ना) को सोमवार निधन भएको छ ।
राजबिराज ५ निवासी लायन्स क्रिकेट एकेडेमीका संस्थापक पूर्व खेलाडी साह केही महिना देखि लिभर क्यान्सरबाट पीडित रहेको थियो ।
सप्तरी क्रिकेट टिमका सदस्य भएर पुर्वान्चल क्षेत्रिय र जिल्लास्तरीय लगायत प्रतियोगिताहरू मा सहभागी भई खेलेका थिए ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले एक विज्ञप्ति जारी गर्दै सप्तरी क्रिकेट टिमका पूर्व क्रिकेटर घनश्याम साह (मुन्ना) को निधन प्रति गहिरो समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न शक्ति ईश्वर ले प्रदान गरून्, भनिएको छ ।
४० वर्षिय पूर्व क्रिकेटर साह का एक श्रीमती, एक छोरा रहेका छन । उनको भरतपुर, चितवन स्थित क्यान्सर अस्पतालबाट उपचार गराउँदै आएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |