Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १८ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा खुलेआम अवैधरुपमा असुरक्षित गर्भपतन गराउँदै, नियमनकारी निकाय मौन 

  • Memo Khabar
  • २०८१ चैत्र १०, आईतबार (७ महिना अघि)
  • Allusive Image

    राजविराज ।  सप्तरीमा निजी स्वास्थ्य केन्द्रहरूले गैरकानुनी ढंगमा खुलेआम असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । नियमनकारी निकायद्वारा नियमित अनुगमन, निगरानी तथा कानुनी कारवाही नहुँदा यो धन्दा फस्टाएको हो  । 

    सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाहेक शहर देखि ग्रामीण भेगमा पनि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक र औषधि पसलले समेत गर्भपतन कार्य गर्दै आएको पाइएको छ ।  

    जिल्लाको अधिकांश क्लिनिक, निजी स्वास्थ्य संस्था एवम् औषधि बिक्रेताले पैसाको लोभमा असुरक्षित गर्भपतन कार्यमा संलग्न भएको पाइएको हो । स्वास्थ्य संस्था तथा औषधि बिक्रेताले गर्भपतन गराउन औषधिको प्रयोग गर्ने गरेको रहस्य पनि खुलेको छ ।

    अवैध रूपले सञ्चालित गर्भपतन केन्द्रहरूले नियम र कानूनको ख्यालै नराखी गर्भपतन गराउने भएकाले उनीहरूले त्यसबापतको शुल्क पनि महँगो लिने गर्दछन् । यसरी गर्भपतन गराउँदा सेवाग्राहीहरूको अवस्था हेरेर राजविराजमा केही क्लिनिक र औषधि पसलले  १० देखि २५ हजारसम्म लिने गर्छन, नाम उलेख नगर्ने शर्तमा एक जना औषधि बिक्रेताले बताउँछन । 

    यति हुँदाहुँदै पनि यस्ता पोलिक्लिनिक, क्लिनिक, औषधि पसललाई  विस्थापन तथा कारबाही गर्न स्थानीय प्रहरी निकाय र स्वास्थ्य कार्यालय, स्थानीय सरकार समेत उदासिन बन्दा यो व्यापारका रूपमा फस्टाएको स्थानीयवासीहरुको भनाइ छ । 

    लुकिछिपी गर्भपतन गराउनेहरूमा अधिकांश मात्रामा अविवाहित युवती र श्रीमान् विदेश गएको अवस्थामा केटाकेटी पढाउन शहरमा डेरा गरी बसेका विवाहित महिला हुन्छन्  । 

    गर्भपतन गराउन अनुमति लिनका लागि गर्भपतनसम्बन्धी डाक्टरले १२ हप्ता र नर्सले आठ हप्ताको तालीम लिनुपर्ने प्रावधान छ तर जिल्लाका निजी क्लिनिक, स्वास्थ्य संस्था एवम् औषधि पसलेले आर्थिक लोभका लागि गैरकानूनी तवरले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ ।

    नियमनकारी निकायद्वारा नियमित अनुगमन र कारवाही नभएपछि जिल्लाका औषधि पसलहरूमा समेत गर्भपतनका असुरक्षित औषधिको बिक्री वितरण बढ्दो छ भने औषधि पसल चलाउन नपाउने स्वास्थ्यकर्मीहरूले अर्काको नाममा औषधि पसल दर्ता गरेर खुलेआम रुपमा औषधि उपचार गरिरहेका छन् ।

    यता सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले खुलेयाम असुरक्षित गर्भपतन गराउने हल्ला सम्बन्धमा सिभिल प्रहरी खटाएर छानबिन गरिरहेकाे छु, फेला परेमा कानुन बमोजिम कार्यवाही गर्न बताए ।

    यस सम्बन्धमा राजबिराज नगरपालिका स्वास्थ्य संयाेजक निरन्जन कुमार यादबले असुरक्षित गर्भपतन गराएको फेला परेमा कानुनी बमोजिम कार्यवाही गरिने बताए ।
    सुरक्षित गर्भपतन गराउन सम्बन्धित स्वास्थ्य संस्था र सुचिकृत कर्मचारी बाहेक अन्य कसैले त्यस्ता गतिविधि गरेको खण्डमा कार्यवाही गर्ने संयाेजक यादबकाे भनाई छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution