Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १६ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ३४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

  • Memo Khabar
  • २०८२ कार्तिक ५, बुधबार (१ महिना अघि)

  • राजविराज । छठ पर्व नजिकिँदै गर्दा राजविराज तथा वरपरका क्षेत्रहरूमा नदी तथा पोखरीहरूको सरसफाइ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत बुधबार राजविराज–५ स्थित सरस्वती टोलको पोखरीको सरसफाइ गरिएको छ ।

    उक्त सरसफाइ कार्यमा बरख गणअन्तर्गतको नेपाली सेनाको टोली, राजविराज वडा नं. ५ का अध्यक्ष बन्दुलाल दास, युवा नेता लक्ष्मण यादव, वडा सदस्य सन्तोष मण्डल, स्थानीय अगुवा पार्थो सरकार, तुलानाथ माझी, सप्तरी युथका विष्णु यादव र मोहन यादवसहित स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    यसैक्रममा राजविराजका कल्टुदास, भगवती, झल्ही, राजदेवी, अरसाही लगायतका पोखरीहरूको समेत सरसफाइ थालिएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा स्थानीय टोल विकास संस्था र छठ पूजा व्यवस्थापन समितिहरूको समन्वयमा सार्वजनिक पोखरी तथा नदीहरूको सरसफाइ कार्य भइरहेको छ ।

    धेरैजसो पोखरी वर्षभर सरसफाइ नहुँदा झारले भरिएको वा फोहोरको थुप्रोका कारण दुर्गन्धित बनेका छन् । यस्ता पोखरीहरूलाई छठ पर्वलाई लक्षित गर्दै सफा गरिँदैछ ।

    छठ पर्वमा अस्ताउने र उदाउने सूर्यको पूजा पोखरी वा नदी किनारमै गर्ने परम्परा रहेकोले पोखरीहरूको सरसफाइलाई विशेष महत्व दिइएको हो । पर्वको अवसरमा नदी तथा पोखरी किनारहरूमा टेन्ट गाडेर, रंगीचंगी बत्तीहरूबाट सजाएर आकर्षक बनाइने परम्परा छ ।

    सप्तरी युथका अभियन्ता विष्णु यादवले छठ पर्वलाई ध्यानमा राख्दै सार्वजनिक पोखरीहरूको सरसफाइ अभियान सुरु गरिएको जानकारी दिए । “दीपावली र छठमा हामी घरको सरसफाइ गर्छौं, अब घर मात्र होइन, टोल पनि सफा राख्नुपर्छ भन्ने सन्देशसहित हामी अघि बढेका छौं,” उनले भने । “सार्वजनिक सम्पत्तिको संरक्षण र सरसफाइमा स्थानीय बासिन्दालाई जागरुक बनाउन हामी सरोकारवाला निकायहरूसँग सहकार्य गर्दैछौं ।”

    उनी अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगवती र कल्टुदास पोखरीको सरसफाइ सम्पन्न भइसकेको छ। विगत १० दिनदेखि स्थानीय सामाजिक अभियन्ताहरूले विभिन्न पोखरीहरूको सरसफाइ गरिरहेका छन् ।

    सप्तरी युथका मोहन यादव, विष्णु यादव लगायत युवाहरूको सक्रियतामा भगवती, कल्टुदास, सरस्वती, राजदेवी र झल्ही पोखरीको नियमित सरसफाइ भइरहेको छ ।

    “नगरका विभिन्न स्थानमा पोखरी सरसफाइका लागि स्थानीय बासिन्दाले अपेक्षित चासो नदेखाए पनि हामी निरन्तर सक्रिय छौं,” विष्णु यादवले बताए । “छठलाई तराईका समुदायले अत्यन्तै महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । आम नागरिकले शान्तिपूर्ण र मर्यादित रूपमा पर्व मनाउन सकून् भन्ने उद्देश्यले हामीले यो अभियान चलाएका हौं ।”

    उनका अनुसार स्थानीय प्रशासनले जनशक्ति परिचालन गरेर पनि महत्वपूर्ण पोखरीहरूको सरसफाइ कार्यलाई सहयोग पुर्‍याइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution