Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ९ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १२ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ३१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

  • चन्दन यादब
  • २०८२ पौष ७, सोमबार (३ हफ्ता अघि)

  • राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ‘सुधारः सोचदेखि शासनसम्म’ लाई आफ्नो मुख्य चुनावी अवधारणा तथा एजेण्डाका रूपमा अघि सारेको छ ।

    सोमबार रास्वपा सप्तरीका प्रतिनिधि सभाका लागि आकांक्षी समानुपातिक सांसदहरूले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरूले सो कुरा बताएका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै आकांक्षी सांसद बरुण झाले पार्टीले नागरिकको सोचदेखि शासन–सत्ताको संरचनासम्म आमूल परिवर्तनलाई राजनीतिक आधार बनाएको बताए । उनका अनुसार संविधान परिमार्जन, भ्रष्टाचारमा शून्य सहनशीलता र मौलिक हकको प्रभावकारी कार्यान्वयन रास्वपाका प्रमुख चुनावी मुद्दा हुन् ।

    ‘सुधारः सोचदेखि शासनसम्म’ प्रतिवेदनमार्फत यस अवधारणालाई पार्टीको चुनावी अभियानको मूल सोचका रूपमा परिभाषित गरिएको झाको भनाइ थियो ।

    अर्का आकांक्षी सांसद आनन्द मिश्राले सप्तरीमा विगतका सांसदहरूले जनतालाई आश्वासनबाहेक केही नदिएको आरोप लगाउँदै अब जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या र विकासका सम्भावनालाई एजेण्डा बनाइने बताए ।

    यस अवधारणाले नागरिकको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली र राजनीतिक नेतृत्वको दृष्टिकोणमा परिवर्तन ल्याउँदै शासन प्रणालीमा व्यापक सुधार गर्ने लक्ष्य लिएको झाले स्पष्ट पारे ।

    डा. अंकिता ठाकुरले परम्परागत राजनीति र यथास्थितिवादलाई तोड्दै नयाँ दृष्टि र दिशासहित घोषणापत्रमार्फत जनतामाझ जाने पार्टीको तयारी रहेको जानकारी दिइन् ।

    जिल्ला अध्यक्ष डम्बर नारायण साहले पार्टी स्थापना कालदेखि उठाउँदै आएको अकुत सम्पत्ति छानबिन र ठूला भ्रष्टाचार काण्डमाथि निर्मम कारबाहीलाई प्रमुख चुनावी एजेण्डा बनाइने बताए। उनका अनुसार वर्तमान तथा पूर्व उच्च पदस्थ राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनेछ ।

    युवा नेता मोहम्मद ईरफान आलमले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता संविधान प्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि स्पष्ट योजनासहित चुनावी अभियानमा जाने रास्वपाको तयारी रहेको बताए ।

    त्यसैगरी अर्की आकांक्षी सांसद प्राध्यापक बन्दना मिश्राले आर्थिक तथा सामाजिक असमानतालाई राजनीतिक अस्थिरताको मूल कारण मान्दै यसको अन्त्यका लागि विषयगत विज्ञहरूको टोली बनाएर ठोस योजना तयार गरिने जानकारी दिइन् ।

    पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका लागि आकांक्षी सांसदहरू बरुण झा, आनन्द मिश्र, डा. अंकिता ठाकुर, पुष्पा चौधरी, डम्बर नारायण साह, रिता चौधरी, मोहम्मद ईरफान आलम, बन्दना मिश्र, विष्णु यादवसहित ९ जनाको उपस्थिति रहेको पार्टीका युवा नेता खेलानन्द दासले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    लालु मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद दिनेश यादवको दबाब

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution