Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • ३६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

  • चन्दन यादब
  • २०८२ पौष १९, शनिबार (२ हफ्ता अघि)

  • राजविराज । प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राजबिराज–४ को १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

    वि.सं. २०६८ सालमा २५ जना सदस्यबाट सञ्चालन सुरु भएको संस्थामा हाल २ हजार ५ जना शेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष सरफराज अन्सारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले कुल १९ करोड ५९ लाख ५७ हजार २०० रुपैयाँको कारोबार गरेको छ ।

    हाल संस्थामा ४ हजार शेयर रहेका छन् भने १० करोड ८० लाख २ हजार ६०२ रुपैयाँ लगानी गरिएको छ । संस्थाका व्यवस्थापक राजकुमार साहले जानकारी दिँदै शेयर पूँजी ७९ लाख ५५ हजार ८०० रुपैयाँ पुगेको बताए । गत आर्थिक वर्षमा संस्थाले २ लाख ७ हजार २९० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

    संस्थाले दैनिक, मासिक, अवधिक, ऐच्छिक बचतलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारीका सल्लाहकार सबिर आजमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परविनले सहकारीप्रति आम समुदायमा नकारात्मक धारणा बढ्दै गएको उल्लेख गर्दै आर्थिक कारोबार पारदर्शी बनाएर विश्वासको वातावरण सिर्जना गर्न सहकारीकर्मीहरूलाई आग्रह गरिन् ।

    त्यसैगरी बचत तथा ऋण सहकारी संघ सप्तरीका जिल्ला अध्यक्ष भवानी चौधरीले सहकारीमा पारदर्शिता र इमान्दारिताको अभावकै कारण आम विश्वास घट्दै गएको बताए । उनले सहकारी सञ्चालन समिति, व्यवस्थापक र कर्मचारीहरूले इमान्दारितापूर्वक काम नगर्दा सहकारीप्रति नकारात्मक प्रभाव परेको बताए ।

    नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन गुप्ताले केही सहकारीहरूले समयमै आर्थिक विवरण सार्वजनिक नगर्दा शेयर सदस्यहरूको विश्वास कमजोर हुँदै गएको बताए । उनले सहकारीको नियमित अनुगमन र निरीक्षणका लागि ‘सहकारी डेस्क’ स्थापना गर्नुपर्नेमा जोड दिए ।

    संस्थाका अध्यक्ष सरफराज अन्सारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा कार्यवाहक नगर प्रमुख इसरत परविन, जिल्ला अध्यक्ष भवानी चौधरी, राजबिराज नगरपालिका वडा नं. ४ का वडा सदस्य सुभाष साह, संस्थाका सदस्य लक्ष्मण यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य कल्पना मिश्राले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    सोसाइटी वेलफेयर मिशन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: साह

    प्रभु बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution