Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ११ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १४ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ११६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

  • चन्दन यादब
  • २०८२ पौष २५, शुक्रबार (१ हफ्ता अघि)

  • राजिवराज । २५ औँ सशस्त्र प्रहरी दिवस (रजत जयन्ती) को अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी जिल्लामा प्रवेश गरेको छ ।

    पुस २० गते झापा जिल्लाको काँकडभिट्टा नाकाबाट सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च आज सप्तरी आइपुगेको हो । सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग जनसम्पर्क, विश्वास र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो झण्डा मार्च आज सप्तरी प्रवेश गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    काँकडभिट्टाबाट आएको सशस्त्र प्रहरी बलको टोलीले कोशी ब्यारेजमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी महानिरीक्षक कुमार न्यौपानेमार्फत सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाललाई औपचारिक रूपमा झण्डा हस्तान्तरण गरेपछि मधेश प्रदेशमा झण्डा मार्च कार्यक्रम सुरु भएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेाडक्वाटर सप्तरीका प्रहरी उपरीक्षक रोशन  बुढाथोकीका अनुसार सशस्त्र प्रहरी बलले आफ्नो रजत जयन्तीको अवसरमा पूर्वको झापा जिल्लाको काँकडभिट्टाबाट र पश्चिमको कञ्चनपुर जिल्लाबाट एकैसाथ झण्डा मार्च सुरु गरेको हो ।

    दुवै दिशाबाट सुरु गरिएको झण्डा मार्च १८ दिनको अवधिमा माघ ७ गते पर्सा जिल्लाको ठोरीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा विशेष कार्यक्रमका साथ समापन गरिने जानकारी दिइएको छ ।

    झण्डा मार्चको मुख्य उद्देश्य समुदायस्तरमा सशस्त्र प्रहरी बलको भूमिका, कर्तव्य, सीमा सुरक्षा तथा शान्ति सुव्यवस्थामा यसको योगदानबारे जनचेतना फैलाउनु रहेको उपरीक्षक बुढाथोकीले बताए। उनका अनुसार झण्डा मार्च टोलीले एक जिल्लाबाट अर्को जिल्लामा पुग्दै सम्बन्धित जिल्लाको सशस्त्र प्रहरी बललाई झण्डा हस्तान्तरण गर्दै अघि बढिरहेको छ ।

    सीमा सुरक्षा, शान्ति व्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यस योगदानलाई कसैले पनि बिर्सन नहुने बताए ।

    झण्डा मार्चको क्रममा सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्रहरूमा मार्चपाससमेत गर्ने कार्यक्रम रहेको छ । यसले सीमा क्षेत्रमा सुरक्षा सचेतना बढाउनुका साथै सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    उक्त कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, सुनसरी तथा सप्तरी जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी, पत्रकार, स्थानीय भद्रभलाद्मी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    झण्डा मार्च मधेश प्रदेशका विभिन्न जिल्लाका सीमा नाकाहरू हुँदै माघ ७ गते पर्सा जिल्लाको बी.ओ.पी. ठोरीमा पुगेर औपचारिक रूपमा समापन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution