Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १६, बुधबार
  • तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    ६ घण्टा अघि

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    ७ घण्टा अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    ९ घण्टा अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    २ दिन अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ३ दिन अघि

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ५ दिन अघि

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ५ दिन अघि

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    १ हफ्ता अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    १ हफ्ता अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १६, बुधबार
in
FLASH NEWS
  • १तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा
  • २गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक
  • ३ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो
  • ४ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी
  • ५बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा
  • ६अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित
  • ७हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द
  • ८स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम ‘मन्त्रालयका कर्मचारीसँगको सेटिंगमा भएको थियो सरुवा’

भुषण सिंह
 राजविराज, ११ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको प्रकरण रोचक देखिएको छ ।

बुधवार दिउँसो मात्रै उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवको ठाउँमा जिल्ला समन्वय समिति सप्तरीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका ललनकुमार यादवको एक सामारोहबीच पदस्थापना गरिएको थियो । पदस्थापनामा यादवलाई कुनै नेता भन्दा कम स्वागत गरिएको थिएन् । गुलाब फुलको मालाले स्वागत गरिएको यादवको उक्त मालाको नसुक्दै उनको सरुवा बदर भएको हो ।

कर्मचारी खटनपाटन कामको जिम्मेवार निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ललन यादवको सरुवा बदर गरेको हो । यसअघि दिलिप यादवको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायमा भएको थियो । तर, मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले बुधवारै एक पत्र माफ्र्त दिलिप यादवको हकमा साबिककै निकायमा यथावत गरिएको जानकारी अनुसार स्वतः ललन यादवको पदस्थपाना बदर हुन पुगेको छ ।

श्रोतका अनुसार छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन ललन यादवले मन्त्रालयका एक कर्मचारीसँगको सेटिंगमा मिलाउन सफल भएका थिए । उनी विगतमा सप्तरीको रुपनी गाउँपालिकाहुँदै विष्णुपुर गाउँपालिकामा पनि सेटिंगकै आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन सफल भएका थिए । तर, नयाँ जनप्रतिनिधिले उनले विगतमा गरेको कार्यसम्पादनसँग असन्तुष्टी जनाउँदै अन्यत्र सरुवा गराएका थिए । त्यसपछि उनको सरुवा जिसस सप्तरीमा भएको थियो ।

अहिले पुनः राजनीति असन्तुष्टीकै कारण केही महिना अघि मात्रै छिन्नमस्तामा प्रमुख भएर आएका दिलिप यादवलाई हटाउँदै ललन यादवलाई जिम्मेवारी दिएपछि एक दिनमै उनलाई हटाउँदै दिलिप यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा थमौती गरिएको हो ।


मेमो मिडिया सेन्टरद्धारा संच्चालित

राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
स्थायी लेखा नं. ६०७३८०३२७
[email protected]
९८०४७०८८१६,९८४२९५७९११
www.memokhabar.com

सम्पादक : चन्दन कुमार यादव

समाचार संयोजक : भूषण सिह

पेजहरु

  • गृह पृष्ठ
  • सम्पर्क
  • हाम्रो गोपनियता
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • मिति कन्भर्टर
  • बिज्ञापन

सामाजिक संजाल

  • फेसबुक
  • ट्वीटर
  • ईन्स्टाग्राम
  • युटुब
© २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution