







Memo Khabar 
राजबिराज । जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रहरी प्रमुख अवि नारायण काफ्ले काे जन्म दिनकाे अवसरमा रक्तदान कार्यक्रम काे आयाेजना गरिएकाे छ।
शनिवार राजबिराज स्थित गजेन्द्र नारायण सिँह अस्पताल परिसर भित्र एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले ब्यानर पढेर रक्तदान कार्यक्रमकाे शुभआरम्भ गर्नु भएकाे छ। उक्त अवसरमा प्रहरी प्रमुख अभि नारायण काफ्ले ले अस्पतालमा ब्लडकाे अभाव हुन नदिन का लागि रक्तदान गरी जन्म मनाएर रक्तदान गर्ने परिपाटी बसाउन कार्यक्रम काे आयाेजना गरिएकाे बताउनु भयाे।
साे कार्यक्रममा रेडक्रस साेसाईटी शाखा सप्तरी अध्यक्ष जाेगेन्द्र भगत, बरख गण का गणपति दुर्गा प्रसाद थापा, समुदायिक प्रहरी मंचका अध्यक्ष हित नारायण लाल दास, नेपाल पत्रकार महासँघ उपाध्यक्ष अम्बिका दहाल, पत्रकार चन्दनकुमार यादब लगायत उपस्थिति रहेकाे थियाे। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी उपाध्यक्ष अम्बिका दहाल सहित जिल्ला प्रहरी कार्यालयका विभिन्न तहमा रहेका ३५ जना ले रक्तदान गरेकाे प्रहरी उपरिक्षक अभिनारायण काफ्ले ले बताउनु भयाे।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |