Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २१ घण्टा अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २१ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • २झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ३उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ४सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ५सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ६नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ७‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ८प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश
  • ६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी सिँचाइमा २० करोड पठाउँदा विधि र प्रक्रिया मिचिएको छैन – अर्थ मन्त्री साह

  • Memo Khabar
  • २०७९ अषाढ २०, सोमबार (३ साल अघि)
  • अर्थमन्त्री शैलेन्द्रप्रसाद साह

    जनकपुर । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा नदी नियन्त्रणका चारवटा र सिँचाइ संरचना निर्माणका छवटा योजना सम्पन्न गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीलाई २० करोड रुपैयाँ पठाइँदा विधि र प्रक्रिया नमिचिएको बताएका छन् ।

    मधेस प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले जिल्लाका महुली, जिता र भलुवाही नदी नियन्त्रण, आकस्मिक आपत्कालीन तथा बाढीपहिरो पुनःस्थापना तथा विहुल, पाँची, खडक पाँची, हकरह, खाँडो सिँचाइ आयोजनाका क्रमागत योजना सम्पन्न गर्न सम्बद्ध कार्यालयको माग र भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्णयका आधारमा अर्थले बजेट व्यवस्थापन गरिदिएको जानकारी दिए ।

    मन्त्री साहले योजना तर्जुमा, कार्यान्वयन र बजेट व्यवस्थापनको आफ्नै विधि र प्रक्रिया भएको उल्लेख गर्दै अधुरा र अपुरा योजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयको गत जेठ १६ गतेको निर्णयका आधारमा अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिदिएको प्रस्ट्याए।

    उनले भने, ‘सदनबाट पारित नीति तथा कार्यक्रम एवम् स्वीकृत कार्यक्रमिक बजेटलाई नै आधार मानेर ती योजनामा २० करोड रुपैयाँ पठाइएको हो । म नै अर्थमन्त्री भएका बेला यस्तो भएको होइन, अपुरा योजना सम्पन्न गर्न सधैँ अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिदिने गर्छ ।’ उनले स्थानीय एक पत्रिकामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले सोझै सिँचाइ कार्यालयलाई रकम दिएको कुरालाई अस्वीकार गर्दै अर्थ मन्त्रालयले सीधा कुनै मन्त्रालयलाई रकम नदिने गरेको र दिन समेत नहुने बताए । ‘अर्थले विधिअनुसार नै रकम दिएको हो । यसका सबै प्रमाण छन्,’ मन्त्री साहले भने ।

    अर्थ मन्त्रालयको काम नै आवश्यकताअनुसार बजेट व्यवस्थापन गरिदिने भएको भन्दै अर्थमन्त्री साहले यसअनुरुप नै बजेट पठाइएको थपे । उनले अर्थ मन्त्रालयमा अझै रकमान्तरको काम भइरहेको जानकारी दिँदै सप्तरीमा पछिल्लोपटक पठाइएको रकम एक किसिमको रकमान्तर भएको बताए । नदीबाट सप्तरीका गाउँबस्ती नै डुबानमा पर्ने निश्चित भएपछि एउटा कार्यक्रमबाट नदी नियन्त्रण र सिँचाइ संरचना निर्माणका काममा रकम पठाइएको मन्त्री साहको भनाइ थियो ।

    उनले योजनामा रकम अपुग भएपछि हरेक मन्त्रालयबाट सबै जिल्लाका लागि बजेट माग हुने र अर्थले बजेट व्यवस्थापन गरिदिने सामान्य प्रक्रिया रहेको जानकारी दिँदै कामको प्रगति, लागत इस्टिमेटलगायत अन्य दस्तावेजका अभावमा अन्य जिल्लामा नदी नियन्त्रणसम्बन्धी योजनाका लागि रकम थप गर्न कठिन भएको बताए । प्रक्रियागत त्रुटिका कारण अन्यत्र अपुग रकम पठाउन नसकिए पनि आइपरेका बेला ती योजनाका लागि अर्थले जुनसुकै बेला पनि बजेट व्यवस्थापन गरिदिने पनि उनले बताए ।

    मन्त्री साहले भद्र सहमति र कार्यविधिअनुसार नै प्रदेश सरकारले सशर्त, समपुरक र विशेष अनुदान पठाएको बताए । प्रदेशसभा सदस्य विशेश्वरप्रसाद यादव विक्कीले सप्तरी जिल्ला बाढीबाट अत्यधिक प्रभावित रहेको अवस्थामा भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्णयका आधारमा अर्थ मन्त्रालयले नदी नियन्त्रणका अधुरा योजनामा रकम पठाएकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।

    प्रदेशसभा सदस्य परमेश्वर साहलगायतले सप्तरीमा पछिललोटक पठाइएको २० करोड रुपैयाँका विषयमा प्रश्न उठाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ताजा अपडेट
    १

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ३

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ५

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ६

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ७

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ८

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ९

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १०

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution