Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ५ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ८ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ११ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ३विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ४मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ६‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ७झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ८उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • १०४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन

  • Memo Khabar
  • २०७९ अषाढ ३१, शुक्रबार (३ साल अघि)

  • साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ ।

    उमेरले ५१औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोट (आम्बोट) का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ। तरकारी खेतीको गोडमेल,मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ।

    उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नुभएको थियो । त्यहाँबाट फर्किएपछि साउदीअरब पुग्नुभएका घिमिरेले त्यहाँ १० वर्ष तरकारी खेतीको चौकीदारी गर्ने, एअरपोर्टको ग्यारेजमा काम गर्ने, कुखुरा काट्ने, गाई फर्म र कम्पनीमा समेत काम गर्नुभयो।

    विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि घिमिरेले त्यसलाई कृषि पेसामा लगाउनुभयो । कृषि पेसामा लाग्नुभएको झण्डै एक दशक हुन थाल्यो । अहिले उहाँले आफ्नो ८ रोपनीको जग्गामा व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएको छ । ३ रोपनीमा गोलभेँडा खेती गर्नुभएका घिमिरेले २ रोपनीमा काँक्रो र २ रोपनीमा हजारिया जातको केराको व्यावसायिक खेती गर्नुभएको छ । १ रोपनीको जग्गामा खुर्सानी, रामतोरिया र भन्टाको खेती गरेको उहाँले जानकारी दिनुभयो ।

    घिमिरेले गोठमा एउटा दुधालु जर्सी गाई, एकएक वटा भैंसी र राँगो तथा २ वटा बाख्रा समेत पाल्नुभएको छ । ५ जना सदस्य रहेको घिमिरेको परिवारका अन्य सदस्यहरुले पनि तरकारी र फलफुल खेतीको उत्पादन तथा बिक्री वितरणमा सहयोग गर्दै आइरहेका छन् । कमला कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सञ्चालन गर्नुभएका घिमिरेले १८ फिट लम्बाई र १२ फिट चौडाइको २ वटा टनेलभित्र गोलभेँडा खेती लगाउनुभएको छ । गोलभेँडाको मात्रै ४ हजार बिरुवा लगाएको उहाँले बताउनुभयो ।

    तरकारी र फलफुलबाट वार्षिक सात लाख आम्दानी

    व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएका कृषक घिमिरेले एक वर्षमा सातलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो । वार्षिक सरदरमा डेढ लाख रुपैयाँ जतिको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, बारीमा काँक्रो, भन्टा, खुर्सानी र बारीको कान्ला र छेउछाउमा केरा खेती लगाएको बताउनुभयो । उहाँले गोलभेँडा बिक्रीबाट मात्रै सबैभन्दा धेरै चारलाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो । यसैगरी केरा खेती र कागतीबाट वार्षिक दुईलाख आम्दानी हुन्छ भने बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा र सुन्तला बिक्रीबाट एकलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

    उहाँले आम्दानीलाई घरखर्च चलाउन र केटाकेटीको पढाई खर्च जुटाउनमा प्रयोग गर्नुहुन्छ । ‘केही रकम व्यावसायिक कृषि खेतीमा लगानी हुन्छ भने बचेको रकमलाई वित्तीय संघसंस्थामा बचत गर्छु’, उहाँले भन्नुहुन्छ, ‘राम्रोसँग ध्यान दिएर आफ्नै गाउँठाउँमा व्यावसायिक तरकारी, फलफुल र पशुपालन गर्नसके पैसा कमाउनकै लागि विदेश जानु पर्दैन ’ उहाँले आफ्नो फर्ममा उत्पादित तरकारी र फलफुल गाउँमै बिक्री गर्नुहुन्छ ।

    सदरमुकाम बेनीबजार नजिकै भएकाले पनि उहाँलाई बेच्न सजिलो छ । उत्पादन गर्न सकेको खण्डमा अर्गानिक तरकारी र फलफुल खरिद गर्न ग्राहक फर्ममै पुग्ने गर्दछन् । उत्पादन गरेको तरकारी र फलफुलको बिक्री वितरण गर्नका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ ।

    वास्तविक कृषकको पहिचान गर्नुपर्छ सरकारले

    वास्तविक किसानको पहिचान गर्नुपर्ने कृषक हरिलाल बताउनुहुन्छ । संघ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रमहरु ल्याए पनि कृषक घिमिरेले व्यावसायिक खेती गरेकोमा अहिलेसम्म कृषि ज्ञानकेन्द्र म्याग्दीबाट जम्मा तीनवटा प्लाष्टिकको टनेल मात्रै पाएको बताउनुभयो । उहाँले सरकारी अनुदानको नाममा टनेलका लागि प्लाष्टिक पाएको बताउँदै नगरपालिका, वडा र पशु कार्यालयबाट अन्य अनुदानको कार्यक्रम पाउन नसकेको गुनासो गर्नुभयो ।

    ‘कृषकहरुलाई भनेर सरकारले नीति तथा कार्यक्रममार्फत थुप्रै बजेट र कार्यक्रम ल्याउने गरेको भए पनि त्यो टाठाबाठाका लागि मात्रै छ’, उहाँ भन्नुहुन्छ, ‘सरकारले वास्तविक किसानको पहिचान गरि त्यसैअनुसारको नीति र कार्यक्रमहरु ल्याउनुपर्छ ।’ सरकारले कृषकलाई राहत दिने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उहाँले कृषकलक्षित सही नीति र अनुदानका कार्यक्रमहरु ल्याउने हो भने कृषि क्षेत्रमा धेरै राम्रो गर्न सकिने अनुभव सुनाउनुभयो ।

    झण्डै एक दशकदेखि कृषि पेशामा संलग्न कृषक घिमिरेले स्वदेशमा जति धेरै दुःख गरेर कमाएको भए पनि त्यो नदेखिने गरेको गुनासो छ उहाँसँग । उहाँले विदेश गएर अर्काको देशमा पसिना बगाएर कमाएको देखिए पनि आफ्नै गाउँ ठाउँमा गरेको कामको मेहनत अनुसारको प्रतिफल नदेखिएको बताउनुहुन्छ । यसमा पनि सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । ‘

    विदेशमा गएर कमाएको थोरै भए पनि क्वाप्पै देखिन्छ, तर यहाँ जति कमाए पनि बचाउनै गाह्रो छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले स्वदेशमै कृषि पेसा, व्यवसाय गर्ने कृषकहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ। ।

    ( प्रताप बानियाँ, म्याग्दी )

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ताजा अपडेट
    १

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ३

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ४

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ६

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ७

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ८

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ९

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १०

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    समाचार
    थप

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution