







Memo Khabar 
एजेन्सी । भारतीय चर्चित हास्य कलाकार तथा बीजेपी नेता राजु श्रीवास्तवलाई बुधबार जिममा कसरत गर्ने क्रममा हृदयघात भएको छ ।
परिवारिक श्रोतका अनुसार उनलाई हृदयघात पश्चात अहिले दिल्ली एम्समा भर्ना गरिएको छ । राजुको स्वास्थ्य अवस्थामा केही सुधार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राजु श्रीवास्तव भाजपा नेता र उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष हुन्। उनले नोएडामा फिल्म सिटी स्थापना गर्न उत्तर प्रदेश सरकारको तर्फबाट प्रमुख भूमिका निर्वाह गरिरहेका छन्।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |