Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ११, आईतबार
  • गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १६ घण्टा अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    १९ घण्टा अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १ दिन अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    २ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    २ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ३ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ३ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ११, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • २नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ३पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ४उपेन्द्र यादव जनमतमा प्रवेश
  • ५रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ६जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ७ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ८डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ९३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • देशकै समृद्ध जिल्लाको रुपमा विकास गर्ने सङ्कल्पका साथ अगाडि बढेको छु : उपेन्द्र

  • चन्दन यादब
  • २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)

  • राजविराज, २४ कार्तिक । चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो रु जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न हो यो ।

    जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु जनतासामु अवाक हुन्छन् । तर यस अघिका त्यस्ता जनप्रतिनिधिहरुका सूचीमा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव फरक पात्र हुन् ।

    सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका उनी गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् । हुन त विभिन्न तत्वहरुले आम जनतामा उपेन्द्रको विषयमा विभिन्न भ्रमहरु फैलाईएका रहेछन् ।

    तर उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएपछि आममतदाता प्रभावित हुने गरेको तथा कतिपय त तत्कालै विभिन्न पार्टी छाडेर जसपा प्रवेश गर्ने गरेको बताउँछन् युसुफ अलि । उपेन्द्र यादवले चुनावमा मतदाता सामु कुनै बाचा गरेका थिएन । तर उनी प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएपछि मिशनका साथ काम गरे । किनभने सप्तरी जिल्लाले दर्जनौं राष्ट्रिय नेताहरु जन्माए । दर्जनौं नेताहरु मन्त्री पनि बने । तर सबैले झुठा आश्वानमा देखाएर मतदाताहरुलाई ठगे । अहिले पनि विभिन्न रुपमा आएका उम्मेदवारहरु झुठा आश्वासन बाड्नमै व्यस्त छन् । रिफर सेन्टर उपमा पाएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल जुन पचास शैय्याको मात्र थियो आज मुहार फेर्दैछ । ४२० शैय्याको अत्याधुनिक अस्पतालको रुपमा परिणत भएको छ । उनी उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदा ४१ करोड रुपैयाँ अस्पताललाई उपलब्ध गराएर द्रुत गतिमा काम अगाडि बढाउन लगाए ।

    अस्पतालमा कार्डियाक भवन र एनेक्स भवन निर्माण, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास भवन सहितका निर्माण कामहरु अन्तिम चरणमा पुगेको छ । उनले मन्त्रालयबाटै अत्याधुनिक युएसजी मेसिन, सी।टी। स्क्यान सहितका छुट्टा छुट्टै वार्डकालागि अत्याधुनिक मेसिनहरु उपलब्ध गराए । तीमध्ये केही उपकरणहरु जडान भईसकेको छ भने केही जडानको क्रममा रहेको छ ।

    भारतीय दूतावासको सहयोगमा निर्माण कार्य शुरु भई अलपत्र अवस्थामा रहेकोमा प्रसुती गृहलाई आफ्नै पहलमा फुकुवा गराई अविलम्ब निर्माण कार्य पुरा गराउन सफल भएको छ । केही वर्ष अघिसम्म सप्तरी जिल्लामा मातृमृत्यु दर समेत उच्च थियो । अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा। रणजीत कुमार झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पताललाई प्रदेशबाट संघमा लाने कार्य मन्त्री परिषद्बाट पारित गराउन महत्वपूणर् भूमिका निभाएका छन् ।

    स्वास्थ्य मन्त्री हुँदा अस्तालकै इतिहासमा सर्वाधिक विशेषज्ञ डाक्टरहरु पठाउँदा ३६ जनासम्म पुगेको इतिहास छ । यसअतिरिक्त अस्पतालमा एनआसियु, ई।एन।टी।, ओर्थोपेडिक, रेडियोलोजी, सामाजिक इकाई स्थापना लगायतका सेवाहरु विस्तार गराउन आवश्यक सहयोग गरेको छ ।

    उनका अनुसार स्वास्थ्य सेवा अभिवृद्धिका लागि नेपाली सेनाको समन्वयमा जिल्लाकै इतिहासमा सुविधा सम्पन्न १० दिने स्वास्थ्य शिविर आयोजना गरियो । उक्त शिविरमा करिब ११ हजार भन्दा बढीले विभिन्न रोगहरुको जाँचदेखि अपरेशनसम्मको सुविधा पाएका थिए । उपेन्द्रकै विशेष पहलमा राजविराज नगरपालिका १० स्थित बिरौलमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । कुल ६१ बिघा ६ कठ्ठा जग्गामा भवन निर्माणका लागि टेण्डर समेत भईसकेको छ । प्रतिष्ठानकै श्रोत अस्पताल अर्थात शिक्षण अस्पतालको रुपमा गजेन्द्रनारायण सिंह अस्पताललाई अगाडि बढाईएको छ ।

    भौतिक पूर्वाधार सम्पन्न भई दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको पूर्ती भईसके पछि मधेश प्रदेश र १ नम्बर प्रदेशमै सुविधासम्पन्न अस्पतालको रुपमा स्थापित हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको परिकल्पना छ ।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमलाई सांसदहरुले सामान्यतया कार्यकर्ता पोस्नकै लागि टुक्रे रकम विनियोजन गर्ने परिपाटी छ । तर उनले त्यसो नगरी पहिलो वर्षको कुल बजेट ४ करोड रुपैयाँ अस्पताल परिसरमै नर्सिङ्ग कलेज निर्माणमै लगाईदिए ।

    टुक्रे बजेट निर्वाचन क्षेत्र अन्तर्गतको पालिहरुमा नदिँदा उनका आफ्नै कार्यकर्ताहरु असन्तुष्ट छन् । तर नर्सिङ्ग कलेज निर्माण कार्य पूणर् रुपमा सम्पन्न भईसकेर पढाई सञ्चालनको तयारीमा रहेको छ । यसैगरी अर्को वर्ष पनि निर्वाचन क्षेत्रको सम्पूणर् रकम एकमुष्ठ रुपमा राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस परिसरमा इन्जिनियरिङ्ग कलेज भवन निर्माणमा खर्चे ।

    उक्त भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । क्याम्पस प्रमुख प्रा। राजिव कुमार मिश्रका अनुसार भवन निर्माण कार्य सम्पन्न भईसके पनि त्रिभुवन विश्व विद्यालयबाट अनुमति लिई आङ्गिक क्याम्पसको रुपमा इन्जिनियरिङ्ग विषयको पढाई सञ्चालन गरिने छ ।

    यसैगरी उपेन्द्रले महदेवा गाउँपालिका वडा नम्बर ३, तिलाठी कोइलाडी गाउँपालिका २ र ४ मा रहेका विद्यालयहरुको भवन निर्माणमा सम्पूणर् रकम खर्चेका छन् । यसका साथै उनकै परिकल्पना अनुसार प्रदेश सरकारको सहयोगमा राजविराजमा कृषि विश्व विद्यालय स्थापना गरि आवश्यक कार्यहरु अगाडि बढेको छ ।

    वल्र्ड बैंक र संघ सरकारको साझेदारी कार्यक्रम अन्तर्गत राजविराजमा ७३ करोडको लागतमा २३ किलोमिटर रिङ्ग रोड निर्माण, रुपनी(राजविराज सडक चार लेनको विस्तार, राजविराज(सखडा दुई लेनको सडक निर्माण, राजविराज(भारदह सडकखण्डको स्तरोन्नती, भारदह( डाढा, पकरी सडक निर्माण, पकरी-सोनरा तोपा हुँदै राजविराज -१५ स्थित मुसहरनियाँ – विषहरिया, सकरपुरा- रम्पुरा डलवासम्मको सडक सहित उनले गाउँगाउँसम्म सडक सञ्जाल विस्तारको कामलाई अगाडि बढाएका छन् । तीमध्ये कतिपय काम सञ्चालनमा रहेका छन् भने केहीको टेण्डर समेत लागिसकेका छन् ।

    यतिले पनि उपेन्द्रको मनले मानेन । गजेन्द्रनारायण औद्योगिक क्षेत्र सञ्चालनका लागि पटक पटक उद्योगीहरुसँग छलफल गरे । तर कोही पनि सप्तरीमा उद्योग लगाउन तयार भएन । भारतसँग कनेक्टिभिटी नभएसम्म व्यापार व्यवसाय र उद्योग चल्न सक्दैन भनी निष्कर्षमा उनी पुगे ।

    उनले अथक प्रयास गरी निर्मली स्थित भारतको ६ लेनको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता(राजविराज(रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माणका लागि आवश्यक कामहरु अगाडि बढाएका छन् ।

    राजविराज भएर ठूला मालबाहक गाडी चल्न थालेपछि उद्योगका लागि कच्चा सामग्री सस्तो हुने भएपछि औद्योगिक क्षेत्र मात्र नभई अन्य उद्योगहरु सञ्चालन हुने र जिल्लामा रोजगारी श्रृजना हुनुका साथै आर्थिक समृद्धितर्फ फड्को मार्ने उपेन्द्रको परिकल्पना छ ।

    सप्तरीलाई कुनैबेला वौद्धिक र राजनीतिक चेतना भएको जिल्लाको रुपमा चिनिदै आएकोमा यतिबेला हरेक क्षेत्रमा पछाडी रहेकोले उनी देशकै समृद्ध जिल्लाको रुपमा विकास गर्ने सङ्कल्पका साथ अगाडि बढेका छन् । आफु जन्मेको जिल्ला र क्षेत्रको अवस्थामा व्यापक परिवर्तन गर्ने आँट भएका उनी जनताको घरदैलोमा जाँदा यति धेरै काम गरेका छन् कि सबै काम भन्न याद रहँदैन ।

    मधेशी जनता काठमाण्डौ जाँदा मर्सिया, बिहारी, भैया, धोती ईत्यादि शब्दले अपमान सहनुपरेको अवस्थाको अन्त्य भएको छ ।

    उनका अनुसार मधेश शब्द स्थापित हुनु, मधेश प्रदेश बन्नु र मधेशी जनताले आफुलाई गर्वका साथ मधेश प्रदेशको वासिन्दा भन्न पाउनु, समावेशी, आरक्षण लगायतका सवालहरु तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै हालको आफुले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको सफलता हो ।

    अझैं पनि संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भईरहेकोले यसपाली जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउन प्रतिनिधि सभा सदस्यका प्रत्यासी उपेन्द्र यादवको आग्रह छ ।

    चुनावी घरदैलोमा रहेका उनले आममतदातासँग सप्तरीमा गरेका काम, मधेश आन्दोलनको उपलब्धीहरुबारे स्मरण गराउने गरेका छन् । आमजनतामा थरिथरिका भ्रमहरु छर्ने गरेकोले त्यसबाट सचेत रहँदै जसपा र जसपाका उम्मेदवारहरुलाई उम्मेदवारलाई जिताएर सङ्घीयता र पहिचानवादीहरुले जवाफ दिनेमा जसपा अध्यक्ष उपेन्द्र यादव विश्वस्त छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ताजा अपडेट
    १

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    २

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ३

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ४

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ५

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ६

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ७

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ८

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ९

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    १०

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution