Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ४ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ११७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • उपेन्द्र यादव मधेश आन्दोलनले जन्माएको नेता, समग्र मधेश एक प्रदेश र समावेशीपनको मुद्दा उठाएर अगाडि बढे

  • Memo Khabar
  • २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)

  • राजबिराज, २५ कार्तिक । उपेन्द्र यादव मधेश आन्दोलनले जन्माएको नेता हुन् । राज्य पुनर्संरचना र संघीयताको एजेन्डा छुटेपछि उनले अन्तरिम संविधान जलाएर आन्दोलन सुरु गरेका थिए । 

    आत्मनिर्णयको अधिकारसहित समग्र मधेश एक प्रदेश र समावेशीपनको मुद्दा उठाएर अगाडि बढेका उनको मधेशी जनअधिकार फोरमलाई आन्दोलनले राष्ट्रिय शक्तिको रूपमा उभ्याइदियो । 

    २०१६ पुसमा सप्तरीको भागवतपुरमा जन्मिएका यादव २०३२ सालमा एसएलसी गरेपछि धरानको हात्तीसार क्याम्पस भर्ना भए । त्यहाँबाट खाद्य प्रविधिमा आईएस्सी उत्तीर्ण गरेका उनले स्नातक र स्नातकोत्तर भने मानविकीमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट गरे । 

    यादवको राजनीतिक पाइला २०३२ सालतिरै अघि बढेको थियो । पुष्पलाल समूहको अनेरास्ववियुमा लागेका उनले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए । त्यसपछि उनी दुई कार्यकाल प्रगतिशील विद्यार्थी युनियनको उपाध्यक्ष भए । 

    पुष्पलाल श्रेष्ठको मृत्युपछि यो समूहको अध्यक्ष सहाना प्रधान भइन् । प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा ९माक्र्सवादी० बनेपछि यादव त्यतै लागे । २०४३ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रह उनलाई उचित लाग्यो र त्यसमा सहभागी हुन काठमाडौं आए । त्यसैबेला गिरफ्तार भएर केन्द्रीय कारागारमा डेढ वर्ष बिताए । 

    २०४६ सालको राजनीतिक परिवर्तनपछि माक्र्सवादी र नेकपा (माले) मिलेर नेकपा (एमाले) बनेपछि यादव सुनसरी–मोरङमा सक्रिय भए । 

    २०५४ मा नेपालगञ्जमा भएको छैटौं महाधिवेशनमा पार्टीले तराई–मधेश, दलित, आदिवासीरजनजाति जस्ता सीमान्तकृतको राजनीतिक–सामाजिक–आर्थिक मुद्दा नउठाएको भन्दै यादव एमालेबाट अलग्गिए । 

    त्यसपछि विराटनगरमा शिक्षण पेशा गर्दै गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाल गठन गरेर मधेश मुद्दामा सक्रिय भएका यादव सशस्त्र आन्दोलन गरिरहेको नेकपा ९माओवादी०सँग नजिकिए । संकटकालको बेला भारत गएका उनी त्यहीं पक्राउ र जेल परे । 

    २०६३र६४ सालको मधेश आन्दोलनका प्रमुख नेता यादवले २०६४ को पहिलो संविधानसभा निर्वाचनअघि गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाललाई राजनीतिक दल मधेशी जनअधिकार फोरममा रूपान्तरण गरेर मोरङ–५ र सुनसरी–५ मा चुनाव जिते । 

    पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेको फोरमका अध्यक्ष यादव २०६५ सालमा परराष्ट्रमन्त्री बने । २०६७ मा उनी उपप्रधानसहित परराष्ट्रमन्त्री बने ।

    २०७० को दोस्रो संविधानसभा चुनावमा पहिलेकै दुई क्षेत्रबाट उठेका यादव मोरङ–५ मा पराजित भए । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर संघीय समाजवादी फोरम बनाएका उनी २०७४ सालको निर्वाचनमा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । 

    त्यो निर्वाचनपछि गठन भएको केपी ओली नेतृत्वको सरकारमा यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री बने । 

    २०७६ मा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी बनाएका यादवले त्यसको एक वर्षपछि तत्कालीन राष्ट्रिय जनता पार्टी समेतलाई मिसाएर जनता समाजवादी पार्टी ९जसपा० गठन गरेर त्यसको कार्यकारी अध्यक्ष बने । 

    पार्टी एकताको एक वर्षपछि महन्थ ठाकुर, राजेन्द्र महतोहरूको समूह अलग्गिए ।२०७९ असारमा डा। भट्टराईले पनि जसपा छाडे । अहिले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका यादव यो पटक पनि सप्तरी–२ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् । 

    सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने नेताको रूपमा चिनिएका यादव विरुद्ध सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता जयप्रकाश ठाकुर मैदानमा छन् । 

    गत वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा जसपा अगाडि छ । सप्तरी–२ को स्थानीय तहमा यादवको जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, नेकपा ९माओवादी केन्द्र०ले ९ हजार ५३४, जनमत पार्टीले ४ हजार ५४२ र नेकपा ९एकीकृत समाजवादी०ले २ हजार ४०८ मत पाएका छन् । 

    स्थानीय चुनावको नतिजा अनुसार, यादव पक्षको गठबन्धनमा एमालेको समेत गरेर २० हजार ३५४ मत छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरको गठबन्धनसँग ३३ हजार १८४ ।

    यो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. राउत पनि बलियो नै मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution