Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शनिबार
  • गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ९ घण्टा अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    १३ घण्टा अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १ दिन अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    २ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    २ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ३ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ३ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १०, शनिबार
in
FLASH NEWS
  • १गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • २नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ३पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ४उपेन्द्र यादव जनमतमा प्रवेश
  • ५रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ६जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ७ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ८डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बालअधिकार हननको घटनामा कमी ल्याउन नागरिकमा चेतना बढाउन आवश्यक 

  • Memo Khabar
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)

  • राजबिराज, १५  पुस । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लंघन र ज्यादतिका घटनाहरूको शुक्रबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

    पुस्तक प्रकाशन पूर्व गरिएको समीक्षा गोष्ठीमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ८९ ओटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको जनाएको हो । 

    इन्सेक प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनअनुसार एक वर्षको अवधिमा बढी चर्चामा रहेको घटनामा सशस्त्र असईको हत्या घटना र देवरले पेट्रोल छर्केर आगो लगाई भाउजूको हत्या गरेको घटना रहेको छ । 

    कार्यक्रममा पछिल्लो समय बालबालिकासम्बन्धी हिंसाका घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्सेकले सार्वजनिक गरेको सन् २०२२ को प्रतिवेदनमा अभिलिखित ८९ हिंसाका घटनामध्ये बालअधिकार हननको घटना मात्रै ३१ वटा सार्वजनिक भए पछि सरोकारवाला चिन्तित बनेका हुन् । 

    बालबालिका रिसिवीको निशानामा परिरहेको र बलात्कार, अपहरण, हत्याजस्ता घटना भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले समस्याको कारण केलाउने र निराकरण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । 

    एक वर्षको अवधिमा पीडित र नागरिकबाट प्राप्त सूचना तथा बिभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीपछि बिभिन्न सरोकारवाला निकायको सहयोगमा इन्सेकले गरेको अध्ययन बमोजिम घटना संकलित भएको इन्सेक प्रतिनिधि पोखरेलले बताए । 

    कतिपय घटना सार्वजनिक हुन नसकेको स्विकार्दै इन्सेकले बालिका बलात्कारको २१ घटनामा नौ देखि १८ वर्ष भित्रका २१ जना बालिका पीडित भएको जानकारी दिएको छ । बलात्कारका २१ घटनामा एउटा बलात्कारसँगै गर्भपतन, एउटा बलात्कारसँगै अपहरण तथा एउटा मानव बेचविखन ओसारपसारसँगै बलात्कार घटना जोडिएको छ । आरोपित १२ वर्षदेखि ६८ वर्षका २७ जना छन् । 

    जसमा एक जनालाई १० वर्षको कैद सजाय भएको छ । दश जना पुर्पक्षका लागि थुनामा, पाँच जना फरार र दुई जना हालै पक्राउ परेका छन् । बालबिज्याई कर्ता बालकको संख्या पनि बढेको छ । बलात्कार घटनाका आरोपित ६ जना बालसुधार गृहमा र एक जना संरक्षकको जिम्मामा छन् । 

    इन्सेक प्रतिवेदनअनुसार गत वर्ष बालिका बलात्कारको १६ घटनामा १७ जना पीडित भएकी थिइन् । यो वर्ष बाल यौन दुर्व्यवहारका ६ घटनामा १३ देखि १७ वर्षका सात बालिका पीडित भएका छन् । आरोपितमा १६, १७, २०, २१, २५, ३५ वर्ष उमेरका छन् । आरोपितमध्ये एक जनालाई कैद सजाय भएको छ भने एक जनाले सफाइ पाएका छन् । 

    पुर्पक्षका लागि दुई जना धरौटीमा छुटेका छन् भने एक जना फरार छन् । गत वर्ष यौन दुर्व्यवहारमा नौ घटनामा नौ देखि १७ वर्षीया १० बालिका पीडित भएकी थिइन् । बालिका अपहरणको एक मुद्दामा तीन जना फरार छन् भने अर्को एक मुद्दामा आरोपित पुर्पक्षका लागि थुनामा छन् । 

    यसैगरी बालक हत्याको र अपहरणको २-२ घटना अभिलेख गरेको इन्सेकले जनाएको छ । बालबालिकाहरू डर र प्रलोभनमा पर्ने तथा प्रतिवाद र प्रतिकार गर्न नसक्ने भएकाले बालअधिकार हननको घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । 

    न्यायाधीश श्रेष्ठले सरोकारवाला निकायले समाजको प्रतिविम्ब बन्नुपर्ने र अपराधका कारक र समाधानका तरिका खोज्नु पर्ने बताए । रोजगारी बढाउन, नैतिक शिक्षा बृद्धि गर्न र आवश्यक परे सरकारी नीति नै परिवर्तन गरेर पनि समाजलाई परिवर्तन गर्नुपर्ने उनले धारणा व्यक्त गरे । अर्का न्यायाधीश हर्कबहादुर क्षेत्रीले विश्वव्यापी र अहरणीय अधिकारबाट कोही बञ्चित हुन नहुने बताउनु बताए । 

    मानव अधिकारको संरक्षण,सम्बद्र्धनमा ठूलो भूमिका खेल्नुपर्ने आवश्यक्ता औल्याउँदै न्यायाधीश क्षेत्रीले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन सके मात्र मानवअधिकारको रक्षा हुने बताए । 

    सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कमजोर सामाजिक सम्बन्ध र सद्भाव,निम्न चेतनास्तर, सामाजिक बनोट,अशिक्षा र गरिबीले पनि हिंसाका घटनामा बृद्धि भएको बताए । अपराधिक घटनालाई राजनीतिकरण गर्ने र अपराधीलाई संरक्षण गर्ने प्रवृतिले अपराध बढने उहाँले बताउनु भयो । 

    नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बालअधिकार हननको घटनामा कमी ल्याउन नागरिकमा चेतना बढाउन आवश्यतामा जोड दिए । 

    इन्सेकका मानार्थ केन्द्रीय सदस्य बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक नरेश सिंह, कारागार कार्यालय प्रमुख किशोर राम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला बार एकाई सप्तरीका कोषाध्यक्ष मनु खनाल, आदिवासी जनजाती महासंघकी प्रिया सिंह थारु, अधिकारकर्मी सुशिला लोहनी, सहयोगी समाजका रामप्रसाद चौधरीले हिंसा नियन्त्रणका लागि राज्यले सक्रियता र निगरानी बढाउनु पर्नेमा जोड दिए । 

    इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा १२ जनाको हत्या घटना अभिलिखित छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट ९बीओपी०मा कार्यरत असईको पोष्टभित्रै हत्या गरेको आरोपमा सशस्त्र प्रहरी जवान पुर्पक्षका लागि थुनामा छन् । 

    गैरराज्य पक्षबाट समूहले कुटेर २५, २७ र ३५ वर्षीय युवकको हत्या घटना भएको छ । ती घटनामा आरोपित १६ जना छन् । जसमा ३ जना थुनामा र एक जना बालसुधार गृहमा छन्, ३ जना घरौटीमा रिहा भएका छन्, बाँकी फरार छन् । यस्तै ६० वर्षीय बृद्धको हत्यामा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् । 

    नवजात शिशु र ५० वर्षीय पुरुषको हत्याको कारण र अभियुक्त पत्ता लाग्न सकेको छैन् । १७ वर्षीय बालकको मृत्यु घटनाको अनुसन्धान हुन सकेको छैन् । यसैगरी यो अवधिमा ४ महिलाको समेत हत्या भएको छ । पेट्रोल छर्केर भाउजूको हत्या गर्ने देवर पुर्पक्षका लागि थुनामा छन् । 

    कुटेर पत्नीको हत्या गर्ने २ घटनाका आरोपित दुई जनामध्ये एक जनालाई ६ महिना कैद र अर्कोलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । साइकलले बालकलाई ठक्कर दिएको विषयमा बढेको विवाद र कुटपिटबाट छोरालाई जोगाउन आएकी ६० वर्षीया बृद्धाको

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    उपेन्द्र यादव जनमतमा प्रवेश

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ताजा अपडेट
    १

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    २

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ३

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ४

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ५

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ६

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ७

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ८

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ९

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    १०

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution