Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १६ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १७ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १७ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ९६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै 

  • चन्दन यादब
  • २०७९ माघ १०, मंगलबार (३ साल अघि)

  • संघीयताको सपना देखेका गजेन्द्र बाबु को सपना आंशिक रूपमा पुरा

    राजबिराज, १०  माघ  । मुलुकमा संघीयताको अभ्यास सुरु भएको ५ वर्ष हुन लागिसकेको छ । संघीय संरचनामा पहिलोपटक निर्वाचित भएका स्थानीय तहका पदाधिकारीले एकाध महिनामै आफ्नो कार्यकाल पूरा गर्दैछन् ।  

    संघीयताको चर्चा र बहस चलेको दशकौँपछि नेपालले यसको अभ्यास थालेको हो। देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह ।  उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ। आजभन्दा २१ वर्ष अगाडि २०५८ साल माघ १० गते उनको निधन भएको थियो । 

    मधेशको हकअधिकारका लागि आवाज उठाउने नेता सिंहको निधन भएको दुई दशक बिते पनि उनले उठाएका एजेण्डालाई लिएर कैयौँ पार्टीहरू अहिले राजनीति गरिरहेका छन्। यद्यपि कांग्रेसबाट अलग्गिएर सिंहले गठन गरेको मधेश केन्द्रित दल नेपाल सद्भावना पार्टी भने अहिले अस्तित्वमै छैन। केही महिना अगाडि मात्रै रामकुमार महतोले नेपाल सद्भावना पार्टी नाम पार्टी दर्ता गराएर त्यसलाई ब्युँताउने प्रयास गरिरहेका छन् ।

    बच्चैदेखि राजनीतिप्रति चेत रहेका सिंहले नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट सदस्यता लिएर नेपाली कांग्रेसको विद्यार्थी राजनीति शुरु गरेका थिए। भट्टराई कुनौली क्याम्पसको इन्चार्ज रहेको समयमा उनको हातबाट सदस्यता लिएका थिए सिंहले। उनले २००७ सालको जनक्रान्तिमा समेत योगदान पुर्याएका थिए । 

    निरंकुश राणा शासन विरुद्ध देशभरी ठाउँ ठाउँमा प्रदर्शन चलिरहेको थियो। सोही क्रममा सप्तरीको राजविराजमा कर्फ्यु लागगेको थियो। उनी कुशेश्वर पाठक, महेन्द्र मुखिया लगायतका नेताहरुका साथमा कर्फ्युको अवज्ञा गर्दै राणा शासन विरुद्ध नारावाजी गरिरहेका थिए। सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेर राजविराज जेल पुर्याएको थियो। सिंहको जीवनको पहिलो जेल यात्रा यही नै थियो । 

    राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था लागू गरे। २०१७ सालदेखि २०३६ सालसम्ममा ११ वर्ष निर्वासित जीवन बिताए सिंहले। यो अवधिमा उनी पटक पटक गरी ७ वर्ष जेलमा समेत रहे । 

    तर सिंह त्यति बेला चर्चामा आए, जब उनले पार्टी भित्रै मधेशको अधिकारका लागि आवाज उठाउन थाले। देशमा संघीयताका लागि आवाज उठाउन शुरु गरेका थिए। उनले गरेको संघीय नेपालको परिकल्पना पूरा भएको छ। नागरिकता समस्या हल गर्ने दिशामा अहिले पनि आवाज उठि नै रहेको छ। हिन्दी भाषालाई नेपाली भाषाको समकक्ष उभ्याउने उनको माग थियो जुन उनको माग अहिलेसम्म पूरा भएको छैन । देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह। उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ ।

    सप्तरीको कोइलाडीमा १९८२ सालमा गजेन्द्र नारायण सिंहको जन्म भएको थियो। सिंहले भारतको उत्तर प्रदेशस्थित बनारसबाट प्रविणता तह उत्तीर्ण गरेका थिए। सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि उपनाम समेत दिने गरिन्छ। उनीसँगै काम गरेका नेताहरुलाई उनलाई ‘गजेन्द्र बाबु’ भनेर सम्बोधन गर्छन् । 

    तल्लो तहबाट राजनीति सुरु गरेका सिंह कांग्रेसको केन्द्रीय सदस्यसम्म भएका थिए। मधेशविरुद्धको विभेद समाप्त गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए। तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन बाध्य पारिएको थियो। सोही कारण सिंहले २०३४ सालमा पार्टी नै परित्याग गरे ।

    आफ्नो मुद्दाप्रति अडिग रहेका सिंह पार्टी छोडेर नेपाल सद्भावना परिषद् गठन गरेर भूमिगत राजनीति शुरु गर्दै मधेशका अधिकारका लागि विद्रोह शुरु गरे। उनले परिषदकै माध्यमले बाबा रामजन्म तिवारी र रघुनाथ ठाकुरको मधेश विचारधारालाई विस्तारित गर्ने काम गरे ।   

    २०६३ सालको मधेश विद्रोहको आधार सिंहकै कालमा बनेको बताइन्छ। मधेश विद्रोहबाटै मुलुक संघीयतामा गएको हो। मुलुकलाई संघीयतामा लैजान धेरैले होस्टेमा हैंसे गरे। तरपनि संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक अवरोधसँग जुध्दै निरन्तर धक्का लगाउँदै गतिशील बनाउने काम सिंहले गरेका हुन् । 

    २०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि मधेशको अधिकारका लागि खुलेर बोल्न उनी शुरु गरे। सो क्रममा कैयौँ पटक प्रहरीबाट उनी कुटाइसम्म खाए। यसै क्रममा उनी राजधानी काठमाडौंमा दुई पटक अनशन बसे, मेची काली यात्रा गरे र पटक पटक आन्दोलन गरेका थिए । 

    सिंह पहिलोपटक अनशन बसेको बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको  सरकारको तर्फबाट गृहमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी नेपाल सद्भावना पार्टीसँग गरेको सम्झौता नै मधेश आन्दोलनसँग गरिएको पहिलो सम्झौता मानिन्छ। सिंहको योगदान देश र मधेश दुवैका लागि रह्यो। उनले मधेशी र पहाडका जनजाति तथा दलितको उत्पीडनको सवाल त्यति बेला उठाएका थिए, जतिबेला यस प्रकारका आवाज उठाउनेहरूलाई राज्यले आतंककारी, साम्प्रदायिकता भड्काउने भन्दै हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । 

    सिंहले देखेको सपना आंशिक रुपमा मात्रै पूरा सिंहसँगै नजिक रहेर काम गर्ने नेताहरुमध्येका एक हुन् अनिल झा र विभा ठाकुर। दुवै अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय भएर राजनीति गरिरहेका छन्। गजेन्द्र बाबुले देखेका सपना आंशिक रुपमा मात्रै पूरा भएको दुवै नेताको तर्क छ। मधेश केन्द्रित दलका नेताहरुका अनुसार गजेन्द्रबाबुको सपना साकार गर्नका लागि अझै लामो संघर्ष बाँकी रहेको छ । 

    लोसपाका नेता झाका अनुसार गजेन्द्र बाबु साधारण, शालिन तर भव्य व्यक्तित्व थिए। उनी दुरदृष्टिका धनी र स्पष्टवक्ता समेत रहेको झा बताउँछन्। उनी भन्छन्, ‘गजेन्द्र बाबुले देशमा संघीयताको सपना देखेकै कारण अहिले देशमा संघीयता आएको छ, उनले चाहेको जस्तो नभएपनि।’ उनका अनुसार सिंह देशमा ५ वटा प्रदेश मात्रै चाहन्थे। पूर्वी पहाड, पश्चिमी पहाड, पूर्वी मधेश, पश्चिमी मधेश र काठमाडौँ उपत्यका समेटेर एउटा प्रदेश होस् भन्नृ गजेन्द्र बाबुको सपना रहेको झाले सुनाए । 

    २०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि मधेशको अधिकारका लागि खुलेर बोल्न उनी शुरु गरे। सो क्रममा कैयौँ पटक प्रहरीबाट उनी कुटाइसम्म खाए। यसै क्रममा उनी राजधानी काठमाडौंमा दुई पटक अनशन बसे, मेची काली यात्रा गरे र पटक पटक आन्दोलन गरेका थिए । 

    नेपाली सेनामा मधेशीहरुको समूहगत प्रवेश, सरकारी जागिरमा मधेशीलाई ५० प्रतिशत आरक्षण, आदिवासी जनजातीलाई ३० प्रतिशत आरक्षण, हिन्दीलाई नेपाली भाषाको समकक्ष बनाउने लगायतको सपना उनकै थियो। त्यसमध्येका अधिकांश माग पूरा नभएको बताउँदै झाले ती मागहरु आंशिक रुपमा मात्रै पूरा भएको बताए । 

    सरकारी सम्पत्तिको दुरुपयोग सिंहलाई सह्य हुँदैनथ्यो। लोसपा नेता स्मरण गर्दै भन्छन् ‘एक पटक मैले नै सरकारी गाडी प्रयोग गरेको देखेर मसँग स्पष्टीकरण सोधेका थिए।’ सिंह छलकपटको राजनीति गर्दैन थिए, कसलाई टिकट दिने र कसलाई नदिने मुखमै बोल्थे । 

    झाजस्तै लोसपा नेतृ विभा ठाकुर पनि उनको सपनामध्ये आंशिक उपलब्धी मात्रै प्राप्त गरेको बताउँछिन्। भन्छिन्, ‘गजेन्द्र बाबुको सपना साकार पार्नका लागि अझै हाम्रो संघर्ष जारी छ, अब बाँकी १४ जिल्लाका लागि संघर्ष गर्छौँ। नेताहरु अचेल सत्ता–भत्ताकै लागि आफ्नो मुद्दा बेचिदिन्छन् तर म गजेन्द्रबाबुको स्कुलिङबाट निस्केकाले अहिले पनि त्यो मुद्दाबाट कति पनि विचलित छैन ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution