Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    १ घण्टा अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    १७ घण्टा अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    १ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ३ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ४ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ४ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ५ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ६ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २, आईतबार
in
FLASH NEWS
  • १बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • २विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ३पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ४मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ५तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ६पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ७बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • ८बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बिचार
  • १०८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नव वर्ष, सिरुवा र सलहेश

  • राजेन्द्र मिश्र
  • २०८० बैशाख १, शुक्रबार (२ साल अघि)

  • अजय झा, राजबिराज ⇒ वर्षमा एक दिन मात्र फुल्ने फूल फूलबारी मेलाको उत्कृष्ट आकर्षण हुन्छ । फूलबारीस्थित हारमको रूखमा वैशाख १ गतेको दिन सुनाखरी फुल्ने गरेको घटनालाई मानिसहरू अलौकिक मान्दछन् ।

    समय धर्म, दर्शन र विज्ञानमा अध्ययनको एक महत्वपूर्ण विषयको रूपमा रहेको छ । समय प्राकृतिक र सामाजिक सबै क्षेत्रमा विना शर्त लागू हुन्छ । समयलाई व्यवहार, व्यापार, उद्यम, खेल, विज्ञान, कला आदि मानवीय व्यवहारहरूमा मापन गरिन्छ ।

    कल्प, युग, सहस्राब्दी, शताब्दी, वर्ष, मास, दिवस, दिन, रात, प्रहर, घण्टा, घडी, पला, क्षण, निमेष समयका एकाइ हुन् । त्यस्तै ईस्वी संवत्, शक संवत्, नेपाल संवत्, हिजरीले पनि समयका एकाइहरू निर्धारण गरेको छ । हजार वर्षको सहस्राब्दी, सय वर्षको शताब्दी हुन्छ, एक वर्षमा बाह्र मास हुन्छ । समय गणनाको लागि वर्ष सर्वाधिक महत्वपूर्ण एकाइको रूपमा रहेको छ ।

    पृथ्वीले सूर्यलाई एक पटक परिक्रमा पूरा गर्दा लाग्ने कुल समयलाई एक वर्ष भनिन्छ । पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ ।

    संसारभरि वर्ष दिनको समयलाई बुझाउन अनेक नाम प्रचलित छन् । हिन्दू पञ्चांगमा संवत् र संवत्सर भनिएको छ । पृथ्वीलाई आधार मानिएको वर्षलाई संवत् र बृहस्पति ग्रहलाई आधार मानिएको वर्षलाई संवत्सर भनिन्छ । विक्रम संवत् हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । विक्रम संवत्को प्रारम्भ चन्द्र–तिथिको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट र सौर्य मासको आधारमा वैशाख संक्रान्तिको दिनबाट हुन्छ ।

         वैशाख १ गतेका दिन फुल्ने फूल । यो फूल ‘सलहेश’ नामबाट परिचित छ ।

    नयाँ वर्षको पहिलो दिन स्वाभाविक रूपमा पनि विशिष्ट ठहरिन्छ । यस दिन उत्सव र उल्लासका साथ नयाँ वर्ष मनाइन्छ । नयाँ वर्ष उत्सवको प्रचलन विभिन्न क्षेत्र र समुदायमा रहेको पाइन्छ । नेपाल मात्रले पनि आफ्नो देशमा अनेक तिथि–मितिमा अनेक नामले नयाँ वर्ष मनाउने गरेको छ । केही दशकयता राष्ट्रिय तथा सामुदायिक पात्रोहरूमा आधारित नयाँ वर्षहरूको पहिचान बढेको छ ।

    लिच्छवि, मल्ल, सेनकालका शिलालेखहरूमा विक्रम संवत्को प्रयोग भएको देखिन्छ । रामशाहको बाइसे–चौबिसे, नेपाल निर्माता पृथ्वीनारायण शाहदेखि वर्तमान समयमा पनि विक्रम संवत् राष्ट्रिय संवत्को रूपमा प्रयोग भएको देखिन्छ । नेपाल–अंग्रेज युद्धका अधिकांश दस्तावेजमा विक्रम संवत् प्रयोग भएको छ । नेपालमा शक संवत् तथा नेपाल संवत्को प्रयोग पनि हुँदै आएको छ ।

    शक संवत्, जसलाई शाके वा श्री शाके भनेर पनि उल्लेख भएको देखिन्छ, एक ऐतिहासिक संवत् हो । यसको सुरुवात ईस्वी संवत्को वर्ष ७८ तिर हुन जान्छ । भारतमा यसलाई शालिवाहन शक भनिन्थ्यो । यो संवत्को प्रयोग हिन्दु, बौद्ध र जैन धर्मका पुस्तकहरूमा देखिन्छ । नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ मा प्रारम्भ भएको थियो । नेपाल संवत् र शक संवत्हरू अद्यावधि तिथिको आधारमा मात्र चलेका छन् ।

    विक्रमादित्य नामक ऐतिहासिक राजाले विक्रम संवत् प्रारम्भ गरेका थिए । नेपाल सरकारको पुरातत्व विभागबाट प्रकाशित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भन्ने उल्लेख छ ।

    त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखुको बज्रयोगिनी मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगेका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्दपुराणको हिमवत्खण्डमा उल्लेख छ ।

    योगी नरहरिनाथले देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने उल्लेख छ । सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिवर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको मानिन्छ । विक्रम संवत् भारतको उज्जैनबाट चलनमा आएको भन्ने पनि छ ।

    विक्रमादित्य विक्रमसेन भनेर चिनिन्छ । उनी भारतीय उपमहाद्वीपको परमारा वंशका सम्राट थिए । उनको साम्राज्यले भारतीय उपमहाद्वीपको ठूलो भाग ओगटेको थियो, पश्चिममा हालको साउदी अरबसम्म फैलिएको थियो । पूर्वमा यो वर्तमान चीनसम्म फैलिएको थियो, जसको राजधानी उज्जैन थियो । विक्रमादित्यले ईसापूर्व ५७ मा विक्रम संवत् सुरु गरेका थिए । शकहरूलाई परास्त गरेपछि राजा विक्रमादित्यले रोमन राजा जुलियस सिजरलाई पनि हराएका थिए ।

    विक्रम संवत् शाके संवत्भन्दा १३५ वर्ष, नेपाल संवत्भन्दा ९३६ वर्ष र ईस्वी संवत्भन्दा ५७ वर्ष जेठो छ । विक्रम संवत् मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ वैशाख महिना सुरु हुन्छ ।

    “हरेक संवत्को पहिलो पर्व सिरुवा र अन्तिम फागु हुन्छ । सिरुवा अर्थात् संवत् सुरु हुँदाको पहिलो पर्व हो । ‘फगुवा उसारे आ सिरुवा पसारे’ भन्ने भनाइ छ । यसको अर्थ वार्षिक पर्वको प्रारम्भ सिरुवाबाट हुन्छ भने त्यसको अन्त्य फगुवा वा फागु पर्वबाट हुन्छ । सतुवाइन र जूडशीतल सिरुवा पर्वकै हिस्सा हो ।”

    हिन्दु नयाँ वर्षको पहिलो दिन जुन दिन परेको हो, पूरै वर्ष त्यही ग्रहको स्वामित्वमा रहेको मानिन्छ । हिन्दू नयाँ वर्षलाई पूजा–आराधनाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । चैत्र महिनाले हिन्दु नयाँ वर्ष र वसन्त ऋतुको एकसाथ स्वागत गर्दछ । नवरात्रि चैत्र महिना र हिन्दु नयाँ वर्षको पहिलो चाड हो, जसमा माता दुर्गाको नौ दिनसम्म भक्तिपूर्वक पूजा गरिन्छ । नयाँ वर्षको दिन, हरेक व्यक्ति, जहाँ भए पनि, उत्साहित, प्रफुल्ल र नयाँ ऊर्जाले भरिएको महसुस गर्दछ । यसलाई खुशीको पर्व पनि भनिन्छ ।

    चैत्र शुक्ल प्रतिपदाकै दिन अर्थात् मेष राशिको पहिलो दिन ब्रह्माले सृष्टिको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ । यसै दिन सम्राट विक्रमादित्यले विक्रम संवत्को उद्घोष गरेका थिए । भगवान श्रीरामको यसै दिन राज्याभिषेक र जन्म यसै पक्षको नवमीको दिन भएको थियो । यो शिख सम्प्रदायका दोस्रो गुरु श्रीअंगद देवको जन्मदिन हो । स्वामी दयानन्द सरस्वतीले यसै दिन आर्य समाजको स्थापना गरेका थिए । राजा विक्रमादित्यले जस्तै, शालिवाहनले पनि हुण र शकहरूलाई पराजित गरेर उत्कृष्ट राज्य स्थापना गर्न यो दिन रोजेका थिए । युधिष्ठिरको राज्याभिषेक पनि यही दिन भएको थियो । महर्षि गौतम जयन्ती यसै दिन पर्दछ ।

    नयाँ वर्षको पर्वलाई वैशाखी पनि भनिन्छ । वैशाखी वैशाख संक्रान्तिको दिन मनाइन्छ । यो पर्व वैशाखमा मनाइने हुनाले यसलाई वैशाखी भनिएको हो । बासिपावनी, जूडशीतल, सिरुवापावनी पनि भनिन्छ । मध्यदेशीय संस्कृतिमा वैशाख संक्रान्तिसहित दुई दिन र कतै कतै तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । यो पर्व एकआपसमा पानी हालाहाल, हिलो छ्यापाछ्याप र रङ खेलेर मनाउने चलन छ । नव शहरीकरणको प्रभावले यस्तो चलन साँघुरिंदै गएको देखिन्छ ।

    हरेक संवत्को पहिलो पर्व सिरुवा र अन्तिम पर्व फागु हुन्छ । सिरुवा अर्थात् संवत सुरु हुँदाको पहिलो पर्व हो । ‘फगुवा उसारे आ सिरुवा पसारे’ भन्ने भनाइ छ । यसको अर्थ वार्षिक पर्वको प्रारम्भ सिरुवाबाट हुन्छ भने त्यसको अन्त्य फगुवा वा फागु पर्वबाट हुन्छ ।

    सतुवाइन सिरुवा पर्वकै हिस्सा हो । मिथिलामा वैशाख १ गते सतुवाइन (सातु खाने) पर्व मनाइन्छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुवनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका घरघरमा सतुवाइनको परम्परा छ । चना, मकै, जौ, भटमास भुटेर, पिंधेर तयार हुने पिठो नै सत्तु हुन्छ । सत्तुलाई चिनी, सख्खर वा नुनसँग पनि खाने गरिन्छ । घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिंदै शीतल र स्वस्थ रहनु भनेर आशीर्वाद दिन्छन् । सत्तुले शीतलता प्रदान गर्ने र व्यक्ति स्वस्थ रहन्छ ।

    जूडशीतल सिरुवाकै पर्याय र पर्वको एक हिस्सा हो । यसलाई शीतलताको प्रतीक मानिन्छ । यस पर्वको पहिलो दिन बेलुका कुल देवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् । ठूलाबडाले सानालाई प्रदान गर्ने आशीर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोलछिमेक, ईष्टमित्र, बालबालिकादेखि परिवारका सबै सदस्य प्रतीक्षारत रहन्छन् ।

    सिरुवा पर्व थारू समुदायमा पनि उत्साहका साथ मनाइन्छ । यस पर्वलाई थारू समुदायले आफ्नो मौलिक पर्व मान्दछ । मिथिला संस्कृति वा हिन्दु धर्मावलम्बीमा पनि सिरुवाको स्थान मौलिक नै मानिन्छ ।

    “सलहेश ‘शैलेश’ शब्दको अपभ्रंश हो, जसको अर्थ पर्वतराज भन्ने हुन्छ । राजा सलहेशले आफ्नो राज्यको उत्तर दिशाबाट हुने तिब्बती आक्रमणलाई पटक–पटक परास्त गरेर आफ्नो नाम ‘शैलेश’ लाई सार्थक बनाएका थिए ।”

    राजवंशी, गनगाई, ताजपुरिया, माझीलगायतका जातिबीच पनि सिरुवा पर्वको विशिष्ट स्थान छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने सार्वजनिक पर्व बिदाहरूमा सिरुवा पावनीको दिन– सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा सार्वजनिक बिदा दिने गरेको छ । भारतको आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारमा पनि सिरुवा मनाइन्छ ।

    सिरुवा पर्वमा सांस्कृतिक कार्यक्रमहरूसहित मेला पनि लगाइने गरिन्छ । यस दिन ठाउँठाउँमा धूमधामका साथ मेला लाग्दछ । परिवारका सदस्य, आफन्त, इष्टमित्र र छरछिमेकी मिली हुलमूलका जमात लिएर नयाँ नयाँ वस्त्र धारण गरेर मेला हेर्न जान्छन् । कतै कतै देवस्थलमा पशुबलिको प्रथा पनि रहेको देखिन्छ । यस्तै एक मेला लोकदेव सलहेशको नाममा पनि लाग्ने गरेको छ ।

    लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिटर पश्चिममा पर्ने सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन भव्य मेला लाग्दछ । वर्षमा एक दिन मात्र फुल्ने फूल फूलबारी मेलाको उत्कृष्ट आकर्षण हुन्छ । फूलबारीस्थित हारमको रूखमा वैशाख १ गतेको दिन सुनाखरी फुल्ने गरेको घटनालाई मानिसहरू अलौकिक घटना मान्दछन् ।

    सलहेश आफ्नो समयका पराक्रमी व्यक्ति थिए । राजा सलहेशको जन्म पाँचौं वा छैटौं शताब्दीमा मिथिला राज्यको अज्ञात गाउँमा भएको थियो । इतिहासकार ब्रजकिशोर वर्मा ‘मणिपद्म’का अनुसार सलहेश ‘शैलेश’ शब्दको अपभ्रंश हो, जसको अर्थ पर्वतराज भन्ने हुन्छ । राजा सलहेशले आफ्नो राज्यको उत्तर दिशाबाट हुने तिब्बती आक्रमणलाई पटक–पटक परास्त गरेर आफ्नो नाम ‘शैलेश’ लाई सार्थक बनाएका थिए । सलहेश बलशाली, वीर, साहसी र विलक्षण प्रतिभाका धनी थिए । उनको वीरता र ज्ञान देखेर मुंगेरका राजा भीमसेनले उनलाई अंगरक्षक नियुक्त गरेका थिए ।

    एक जनश्रुतिका अनुसार मिथिलामा ऐतिहासिक राजा जनकपछि पाँचौं र छैटौं शताब्दीसम्म वज्जिसंघ, लिच्छवि, नन्द, सुनगा, कान्त, गुप्ता, वर्धन इत्यादि वंशको शासन रह्यो तर त्यस अवधिमा मिथिलामा कुनै विशेष उपलब्धि प्राप्त भएन । त्यसपछि शासनमा आएका राजा सलहेशले मिथिलाको राजधानी महिसोथालाई बनाए । त्यहाँ एक प्राचीन गढको भग्नावशेष अझै पनि देखिन्छ ।

    दुसाध समुदाय लोकदेव सलहेशलाई आफ्नो कुलदेव मान्दछन् । अत्यन्तै दयालु उनी सबैप्रति सद्भाव राख्दथे । उनी सर्वहारा समुदायका लागि देवतुल्य थिए । लोकदेव सलहेशको लिखित इतिहासको अभावका कारण विभिन्न किसिमका आख्यान प्रचलित छन् । शताब्दीयौंदेखि प्रचलित लोकगीत र सलहेशको गीति नाचमा उल्लेख भएका विवरणहरूलाई धेरै हदसम्म विश्वसनीय मान्न सकिन्छ ।

    राजा सलहेश शक्ति, शील र सौन्दर्य तीनवटै गुणले परिपूर्ण थिए । सलहेशको विवाह मधुवनीका बलाठकी छोरी सामैरसँग भएको थियो । पकडियागढका राजा कुलेश्वरकी छोरी चन्द्रवतीले सलहेशलाई प्रेम गर्थिन् । तर उनको प्रेम प्रस्तावलाई सलहेशले अस्वीकार गरे । चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकोमा पिता राजा कुलेश्वरलाई भनेर सलहेशलाई कैद गरिन् । आफ्ना पति कैद परेको खबर पाएपछि सामैर सखी कुसुमा मालिनीको साथ लिई सलहेशलाई मुक्त गराइन् । कुसुमा मालिनीले पनि सलहेशलाई प्रेम गर्थिन् आफ्नै सखीका पतिलाई आफ्नो बनाउन पाइनन् ।

    त्यही वियोगमा उनले प्रत्येक वर्ष सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रूखमा देखा पर्ने प्रण गरिन् । हारमको मालामा गाँसिए झंै फुल्छ । हारमको आडमा कुसुमा मालिनीको मन्दिर छ । नयाँ वर्षको दिन कुसुमा मालिनी फूलको माला उनेर सलहेशको प्रतीक्षामा रहने गरेको जनविश्वास छ । सलहेश फूलबारी त्यही प्रेम कथाको प्रतीकको रूपमा रहेको छ ।

    अलौकिक फूल फुल्ने घटनाको साक्षी बन्न नेपाली मात्र होइन, हजारौं भारतीय पनि प्रत्येक वर्ष सलहेश फूलबारीका आगन्तुक हुन्छन् । फूलबारीमा प्रविष्ट हुनासाथै मानिसमा शान्ति र प्रेमको अनुभूति हुन्छ । आगन्तुकहरू आ–आफ्नो कामना राखी भाकल गर्ने गर्दछन् । यहाँ गरिने भाकल पूरा हुने विश्वास गरिन्छ । निःसन्तान स्त्री सलहेशको दर्शन गरी सन्तानको कामना गर्दछन् । भाकलबाट प्राप्त हुने सन्तानको मुण्डन संस्कार फूलबारीमै आएर गरिन्छ ।

    सलहेश फूलबारी १२ बिघाको क्षेत्रमा फैलिएको छ । नामले फूलबारी भए पनि यो जंगलको रूपमा परिवर्तित भएको छ । सलहेश फूलबारीमा हारम, पाकैर, लावा, सोहरा वृक्ष र विभिन्न प्रकारका जडीबुटी पाइन्छन् ।

    फूलबारीमा चारैतिर मूल फुटेर शीतल जल निरन्तर प्रवाहित भइरहेको हुन्छ । फूलबारीको शीतल जल पिएपछि जस्तोसुकै तनाव वा रिस शान्त भएर जान्छ । फूलबारी आसपासका गाउँ र शहरमा आयोजन हुने यज्ञादि, अनुष्ठानमा फूलबारीकै जल कलशमा भर्ने चलन छ । महामारी फैलिंदा सलहेश फूलबारीको पानी औषधि मानेर खाने गरिन्छ र रोगव्याधि पनि निको हुन्छ भनिन्छ ।

    सलहेश फूलबारी पर्यटकीय पूर्वाधार विकासको दृष्टिले वर्षौं वर्ष उपेक्षित रह्यो तर स्थानीय स्वशासनको स्थापनापछि यस क्षेत्रको भाग्योदय हुन थालेको छ । सलहेश फूलबारीको मेला सकेर पर्यटकहरू सलहेशको इतिहाससँगै गाँसिएको पतारी पोखरी, पकडियागढ मेलाको आनन्द लिन जान्छन् ।

    (लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    इस्लाम धर्मावलम्बीहरूको महान पर्व आज इद उल फित्र मनाइदै

    सबल द्वारा तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना

    कोशी मेला (पुषी पुर्णिमा) मा सर्वसधारणकाे घुँईचो

    समाजवादी महिला संघ सप्तरीले मनाइयो समाचकेवा पर्व 

    गुणस्तरीय शिक्षाकाे पहुचमा सबैकाे भुमिका आबश्यक : शिक्षाबिज्ञ विद्यानाथ

    ताजा अपडेट
    १

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    २

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ३

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ४

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ५

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ६

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ७

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ८

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ९

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १०

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    समाचार
    थप

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution