Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २0 घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २0 घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १, मंगलबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी

  • चन्दन यादब
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)

  • राजविराज, ६ असार । सप्तरीको राजविराजमा संचालित सप्तरी प्रिमियर लिगको चौथो दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् ।  

    दिनको पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गर्यो । राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । खडक वारियर्सको यो लगातार दोश्रो जित हो । 

    बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान बिबेक यादवले विस्फोटक पारि खेले। उनले मात्र १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाए। साहिल पटेलले १२ तथा राज वर्मा  र सन्दिप रजालीले समान ११ रन बनाए । राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए ।  

    यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो । उसको लागि शंकर रानाले सर्वाधिक २६ तथा तृथ राज दासले १७ रन बनाए ।  खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ४ ओभर बलिंग गर्दा  १ मेडन ओभर सहित १७ रन मात्र खर्चिए । यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए ।  

    दिनको दोश्रो खेलमा रुपनी राइडर्सले लिगमा दोश्रो जित दर्ता गर्ने क्रममा कन्चनरुप राइनोजलाई ७ विकेटले पराजित गर्यो। कन्चनरुपले दिएको १३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पुरा गर्यो।  

    रुपनी राइडर्सको ब्याटिंगमा रोहन बिकले सर्वाधिक ५५ रन बनाए जुन क्रममा अविजित रहेका उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । रोहन प्लेयर अफ द म्याच समेत चुनिए ।  यस्तै भोला शाहले ३७ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन तथा अरनिको यादवले १४ बलमा १ चौका र ४ छक्का मद्दतले अविजित ३६ रन बनाए। रोहन र भोलाले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे ।  कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए । 

    यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो ।  उसको लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए जुन क्रममा २ चौका र ५ छक्का प्रहार गरे ।  अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए। रुपनी राइडर्सका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २/२ तथा मुकुन्द यादवले १ विकेट लिए ।  

    आजको जितपछि बजाज खडक वारियर्स दुवै खेलमा जितको साथ ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा छ । ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलान बिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ । तिन वटै खेलमा पराजित राजविराज द किंग छैठौं स्थानमा छ ।  

    प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन् ।  पहिलो खेलमा विहान ९ बजे बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा दिउँसो १ बजे छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा हुने सप्तरी क्रिकेट सँघ सचिव चन्दनकुमार यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution