Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १३ मिनेट अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २0 घण्टा अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २0 घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २३ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • २युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ३उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ४पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ५विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ६मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ८‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रहरी हिरासतमै बलात्कार

  • Memo Khabar
  • २०८० भाद्र ८, शुक्रबार (२ साल अघि)

  • राजविराज,  ८ भाद्र । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन् ।

    पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन् ।

    पीडित महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढे पछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी नै दिएकी छिन्। उजुरीमा महिलाले चैत ६ गते राति नाम थाहा नभएको प्रहरीले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखकहाँ लगेको र मादक पदार्थ सेवन गरेर बसेका प्रमुखले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन्। ‘सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात यो कुरो कसैलाई कतै भनेमा २० वर्षसम्म जेलमा सडाइ दिने’ भनेर डर, धाक, धम्की दिएको उजुरीमा लेखेकी छिन् ।

    उनीसँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले पीडित महिलासँग र आफूहरूसँग प्रहरीले गर्ने व्यवहार नै छुट्टै रहेको बताएका छन्। उनीहरूका अनुसार पीडित महिला दिनभरि कार्यालयको बरन्डामा खुला रूपमा बस्न पाउँथिन्। रात परेपछि मात्र हिरासतमा ल्याइन्थ्यो। बलात्कारको घटनाबारे कसैलाई नभनेमा अभियोगबाट छुटाइ दिने र नोकरीसमेत लगाइदिने आश्वासन दिई अनुचित प्रभावमा पारेको पीडितले बताएकी छिन् ।

    प्रलोभन, धम्की र हिरासतमा रहेका कारण बाहिर आउन नसकेको यो घटना निकै दिनपछि थाहा पाएको पीडितकी आमाले बताएकी छिन्। घटनाअनुसार
    चैत ४ गते नै महिला पक्राउ परेकी हुन्। उनको पोलिग्राफ परीक्षण चैत ८ गते भएको छ। अन्य आरोपित महिलाको चैत ९ र १२ गते पोलिग्राफ परीक्षण भएको देखिन्छ ।

    गैरकानुनी रूपमा प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गते मात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको जाहेरीसमेतको आधारमा ज्यानसम्बन्धी कसुरको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको उनका कानुन व्यवसायी दर्गानन्द चौधरी बताउँछन् ।

    अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिँदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न नमानेको कुरा महिलाले पछि मात्र बताएको कानुन व्यवसायीले बताए ।

    महिलाको बयानलाई लिएर अनुसन्धानका बारेमा यसअघि नै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीसँग अन्नपूर्णकर्मीले जिज्ञासा राख्दा एसपी कार्कीले महिलाले आरोप लगाए पनि आन्तरिक अनुसन्धान गर्दा त्यस्तो नदेखिएकाले मुद्दा नचलाइएको बताएका थिए। अहिले लिखित उजुरी नै लिएर गएका कानुन व्यवसायीले दर्ता गरी अनुसन्धान गर्न आग्रह गर्दा एसपी कार्कीले प्रहरी अधिकृतकै विरुद्धको मुद्दा सहजै दर्ता गर्न नसकिने उत्तर दिएको बताएका छन् ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा कसैले जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। सोही दफा को ३ (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद हुने व्यवस्था छ। दफा २२१ मा कैद वा थुनामा रहेका व्यक्तिसँग सरकारी कर्मचारीले करणी गरे वा गराएमा थप तीन वर्ष कैद हुने व्यवस्था छ ।

    पीडितका पतिको कात्तिक ६ गते मृत्यु भएपछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि महिलाले मंसिर ७ गते एउटा इन्स्योरेन्स कम्पनीबाट बिमा रकम प्राप्त गरेकी थिइन्। सोही प्रहरी कार्यालयले करेन्ट लागि भवितव्य मृत्यु भएको भनेर दिएको कागजातका आधारमा अर्को इन्स्योरेन्स कम्पनीमा रकम दाबी गरेपछि करेन्ट लगाएर मारेको भनी मुद्दा चलाइएको पनि उनको गुनासो छ। जिल्ला अदालत सप्तरीबाट भएको आदेशविरुद्ध महिलाले उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन गरेकी छिन् ।

    सभार  : अन्नपूर्ण पोष्टबाट (यो समाचार मनोहर पोखरेलले लेख्नु भएको हो । )

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ताजा अपडेट
    १

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ४

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ५

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ६

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ८

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ९

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १०

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution