Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १४ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २0 घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २२ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • २उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ३सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ४सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ५नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ६‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ७प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ८प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • कृषीको बिकास बिना मुलुकको बिकास हुनसक्दैन : अध्यक्ष यादब

  • चन्दन यादब
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले कृषिको विकास मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

    शनिवार राजबिराजमा आयोजित समाजवादी किसान महासंघ केन्द्रीय कार्यसमिति द्वारा मधेश प्रदेश स्तरीय अगुवा किसान भेला तथा पुर्न गठन कार्यक्रमका सो कुरा बताएको हो ।

    राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेकै कारण कृषिमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेकोले राज्यले कुल बजेटको २५ प्रतिशत लगानी लगाउनुपर्नेमा जोड दिए । राज्यको द्वारा गरी नीति योजना र आग्रह पूर्वाग्रह कारण कृषि क्षेत्र उपेक्षित बन्न पुगेकोले कृषिको आधुनिकीकरण गर्नुपर्ने बताए ।

    कृषि क्षेत्रको विकासको लागि सिँचाइ, समयमा मलखाद, किसानलाई सहुलियत दरमा श्रृणको ब्यवस्था गरी विज्ञान र प्रविधि वाट उत्पादन गरि  उत्पादनमा बृद्वि गर्न सकिने मा जोड दिए । किसानले आफ्नो हकहितको लागि सङ्गठित भई किसानको समस्याको लागी उचित न्याय, मूल्य निर्धारणका लागि सङ्गठित भएमात्र कृषि र किसानको विकास हुन सक्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुरे क्षेत्रमा उत्खनन गरि गिट्टी, बालुवा विदेश निर्यात गरि बन विनाश गर्दा पानीको सतह गहिरो हुँदै गएकोले निकट भविष्यमै किसानहरूले सिँचाइको ठूलो मार खेप्नुपर्ने बताए ।  चुरे विनाशले तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको र पानीको श्रोत विस्तारै सुक्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले चुरे संरक्षण नहुने हो भने त्यसको प्रत्यक्ष प्रभाव पशुपालन र कृषि क्षेत्रमा पर्न गइ किसानले आत्महत्या गर्नुपर्ने दिन आउन सक्ने बताए । 

    कृषि उर्वर भूमि मधेश मरुभूमिमा परिणत भई पानी खान नपाएर पशुचौपाया मर्न थाल्ने र त्यसको मार किसानहरूले खेप्नुपर्ने बताउँदै  अध्यक्ष यादवले पर्यावरणलाई सन्तुलन राख्न चुरे संरक्षणमा जोड दिए । उनले राज्यको विभेदकारी नीतिका कारण कृषि क्षेत्र पछाडि परेकोले कृषि नीतिमा पुरै परिवर्तन नभएसम्म कृषि क्षेत्र समृद्ध र सबल नहुने टिप्पणी गरे ।

    देशका ८० प्रतिशत जनता कृषिमा पेशामा छन्, तर राज्यले ४-५ प्रतिशत मात्र कृषिमा बजेट विनियोजन गर्छन् , उनले भने, राज्यले किसान र कृषि क्षेत्रलाई  महत्त्व नदिँदा कृषि क्षेत्र ध्वस्त हुन पुगेको छ । अध्यक्ष यादवले कृषि उत्पादन बढाउन र कृषिमा आत्मा निर्भर बन्नका लागि राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए । कृषिमा लगानी कम हुँदा सिँचाइ, मलखाद, बिउबिजन जस्ता किसानहरूले अहिले अभाव खेप्नुपरेको उनको भनाइ छ ।  वर्तमान कृषि नीतिले किसानले सोचेजस्तो उत्पादन लिन नसक्ने दाबी गर्दै अध्यक्ष यादवले जमिनलाई चकलाबन्दी गरि कृषिमा आधुनिकीकरण गर्दै विज्ञान, प्रविधि र आधुनिक उपकरणको प्रयोग गरि उत्पादन बढाउन राज्यको कृषि नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    कृषि उत्पादनमा ह्रास आउँदा त्यसको असर उद्योग व्यवसायमा समेत पर्न गएको छ, अध्यक्ष यादवले भने, उद्योग व्यवसाय बर्बाद भएको छ, राज्यको गलत नीति र किसानप्रति आग्रह पूर्वाग्रहले कृषि क्षेत्र उपेक्षित भएको छ । मुलुकमा रहेको अभाव र बेरोजगारी समस्या अन्त्य गर्न कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समृद्ध र सम्पन्न बनाउनुपर्ने उनको जोड थियो । अध्यक्ष यादवले ३०-३५ वर्ष पहिले बंगलादेश, कोरियासहितका अन्तर्राष्ट्रिय मुलुकमा कृषि उपज निर्यात गर्ने नेपालले अहिले लसुन, प्याज र खाद्यान्न भारत सहितका छिमेकी मुलुकबाट आयात गर्नुपर्ने स्थितमा पुग्नु दुर्भाग्य भएको बताए । 

    अध्यक्ष यादवले सरकारको स्वामित्वमा रहेको दुग्ध विकास परियोजनाले किसानहरूलाई करोडौं भुक्तानी रोकी ठगिरहँदा समेत सरकार गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले आन्दोलनरत किसानहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराए । 

    उनले किसानको समस्या बुझ्ने कोहि नभएकोले संगठित भएर संघर्ष गर्नुको विकल्प नरहेको बताए । कृषि क्षेत्रमा देखिएको वेथिती र विभेद तथा भेदभाव विरुद्ध गोलबद्व हुन  उनले किसानहरुलाई आग्रह गरे । जनता समाजवादी पार्टी मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले किसानहरुको समस्याप्रति राज्य उदासीन देखिएको बताए । 

    कार्यक्रममा जसपा नेपालमा मधेश प्रदेश अध्यक्ष बालकृष्ण यादबले सिचाईको ब्यबस्था, सिचाईमा भेदभाव, आर्थिक रूपमा पछाडी पार्ने काम गरिएको बताए ।सरकारले कृषक लाई मल खाध दिन गम्भिर देखिएन, भुमीको उन्नयन र बिकासको लागी, समर्धन मुल्य तोक्नु आबश्यक रहेकोमा जोड दिए ।

    समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीति समिति सदस्य कैलाश यादव, केन्द्रिय सदस्यहरु विकास तिवारी, विदेश्वर प्रसाद यादव विक्की,शैलेन्द्र मोहन झा, सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी महिला संघ सप्तरीकी  अध्यक्ष रमिलादेवी साह, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

    समाजवादी किसान महासंघका केन्द्रिय उप-महासचिव तब्रेज अहमदद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष उम्म्देवर दासले गरे ।  दुइदिनसम्म जारी रहने भेलाले  मधेश प्रदेश स्तरीय समिति पुनर्गठन गर्ने राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष एवम् भेलाका प्रतिनिधि हरेराम यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ४

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ५

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ६

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ७

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ८

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ९

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १०

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution