Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १५, मंगलबार
  • ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    १ दिन अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    २ दिन अघि

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ४ दिन अघि

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ४ दिन अघि

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ६ दिन अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ६ दिन अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ६ दिन अघि

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    १ हफ्ता अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १ हफ्ता अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १५, मंगलबार
in
FLASH NEWS
  • १ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी
  • २बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा
  • ३अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित
  • ४हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द
  • ५स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी
  • ६भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद
  • ७मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान
  • ८जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पत्रकारहरुको पेशागत सुरक्षा, विकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री लेखी

  • चन्दन यादब
  • २०८१ बैशाख १६, आईतबार (१ साल अघि)

  • सप्तरी । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारहरुको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

    सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित धार्मिक पर्यटकीय स्थल लोहजरामा आइतबार आयोजित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

    उनले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेश गर्न पत्रकार महासंघका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गरे ।

    पत्रकारिता क्षेत्र र पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार संबेदनसिल रहेको बताएका छन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले पत्रकारहरुले खेपिरहेका समस्याप्रति आफू गम्भीर रहेको बताए ।

    पत्रकारहरुको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेश गर्न पत्रकार महासंघका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गरे ।

    “लोककल्याणकारी विज्ञापानमा प्रदेश सरकारले भारी कटौती गरी पत्रकारलाई सुविधाबाट बन्चित गर्नु न्याय पुर्ण हुँदै होइन, मन्त्री लेखीले भने, प्रदेश भरी रहेका संचार माध्यमलाई दिने सुविधा बार्षिक २५ लाख यो न्यायसंगत भएन,महासंघका प्रदेश नेतृत्व पनि यही मन्चासिन रहनु भएको छ, ५० करोडको कार्ययोजना बनाएर पेश गर्नुस्, कार्यान्वयन लाने जिम्मा मेरो भयो । “

    लेखीले संचार क्षेत्रको देखिएको समस्या समाधानका लागि सामुहिक प्रयास आबश्यक हुने बताउदै त्यसका लागि पत्रकारहरुलाई जिम्मेवार रुपमा प्रस्तुत भई आबश्यक सुझाव, सल्लाह दिन आग्रह गरे ।

    आफुले सम्हालेको मन्त्रालयमा भएको त्रुटि औल्याई दिन अनुरोध गर्दै उनले आफ्नो मन्त्रालयमा कुनै प्रकारको अनियमितता भएको पुष्टि भए पदबाट राजिनामा दिने उद्घोष गरे ।

    मन्त्री लेखीले संघ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरासरमाथि भेदभाव गरेको टिप्पणी गरे ।

    केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट बिनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको मन्त्री लेखीको भनाइ थियो ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब दिपेन्द्र चौहानले सरकारले संचारकर्मीहरुमाथि हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए । सरकारको यस्तै रबैया रहिरहे सरकार विरुद्ध आन्दोलन जान नेपाल पत्रकार महासंघ बाध्य हुने चेतावनी दिए ।

    आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कर्मचारी र बजेटको अभावमा चाहेर पनि पत्रकारको हितमा उल्लेखनीय कार्य गर्न नसकेको बताए ।

    समग्र पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न ऎन कानुन र कार्यविधि बनाएर अगाडि बढेको चर्चा गर्दै उनले यसमा सरकारले सहयोग नगर्दा धेरै काम गर्न समस्या परेको बताए ।

    नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णले प्रदेश सरकार पत्रकारहरुको समस्या प्रति उदासीन रहेको बताए । उनले पत्रकारहरुको संस्थागत विकास र पेशागत सुरक्षाका लागि प्रदेश सरकारलाई गम्भीर हुन आग्रह गरे ।

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैथनाथ झालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

    यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, नेपाल प्रेस प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष विन्दु कुमार यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरेको थिए भने अर्का उपाध्यक्ष अम्बिका दाहालले धन्यवाद व्यक्त गरेकी थिइन् ।

    कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसहित, शाखाका पुर्व अध्यक्षहरु पत्रकारिता क्षेत्रमामा योगदान गरेका  वरिष्ठ पत्रकारहरु लगायतका दर्जनौं व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    उद्घाटन समारोह पश्चात् बन्द सत्रमा आर्थिक, प्रगति तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ताजा अपडेट
    १

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    २

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ३

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ४

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ५

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ६

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ७

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ८

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ९

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १०

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution