Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ५ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ११ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १३ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • २उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ३सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ४सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ५नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ६‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ७प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ८प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एसपियल : छिन्नमस्ता र कन्चनरुप प्लेअफमा

  • चन्दन यादब
  • २०८१ जेष्ठ २३, बुधबार (१ साल अघि)

  • राजबिराज । सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न दुईवटा खेलमा कन्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन् ।

    कन्चनरुपले राजविराज राजदेवी एघारलाई तथा छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई पराजित गर्यो ।

    आजको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्यो ।

    राजविराज राजदेवीले दिएको १५५ रनको लक्ष्य कन्चनरुप राइनोजले ३ ओभर बाँकी हुँदै ४ विकेट गुमाएर भेटायो ।कन्चनरुपका ओपनर सुभ कंसकारले ९३ रन बनाउदै जितमा अहम भूमिका निभाए । प्लेयर अफ द म्याच घोषित सुभले ५३ बलमा ८ चौका र ८ छक्का प्रहार गरे।

    राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए ।राजदेवी एघारका बलर विजय यादवले २ तथा श्रवन यादव र जितेन्द्र यादवले १/१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसको लागि श्रवन यादवले सर्वाधिक ५५ रन बनाए जुन क्रममा उनले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हिमांशु दत्ताले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए ।

    कन्चनरुपको बलिंगमा कप्तान राशिद खान र चित्र बहादुर बिस्टले २/२ विकेट लिए। राशिदले ४ ओभरमा २२ तथा चित्रले ४ ओभरमा १९ रन खर्चिए। दिनेश अधिकारी र अरनिको यादवले १/१ विकेट लिए ।

    आजको दोश्रो खेलमा  छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गर्यो । छिन्नमस्ता लायन्सले दिएको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुलले १७.१ ओभरमा १०२ रनमा सबै विकेट गुमायो। बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३ रन योगदान दिए ।

    साहब आलमले अविजित १६, तुल बहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन योगदान दिए । छिन्नमस्ताको बलिंगमा फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए ।

    प्लेयर अफ द म्याच समेत घोषित अन्सारीले ३ ओभरमा २८ रन खर्चिए। मोहम्मद सोहेल र गुनंद रेले २/२ विकेट तथा बिशाल पटेल र रेवती रेले १/१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।

    छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ३२ रन योगदान दिए भने बिशाल पटेलले अविजित २९, फिर्दोश अन्सारी र बिकाश दासले समान २२ रन बनाए ।

    बलिंगतर्फ बलान बिहुलका शाहब आलम र बब्बु गोठीयाले समान २ विकेट लिए। बिबेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान १ विकेट लिए ।  ४ खेलमा ३ जित र १ नतिजाविहिन खेल खेलपछि छिन्नमस्ता ७ अंक सहित अंकतालिकाको शिर्षस्थानमा छ । एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान समेत सुरक्षित गरेको छ ।

    यस्तै ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा रहेको कन्चनरुप राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ । चारवटै खेलमा हार बेहोरेको बलान बिहुलको एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।

    आजको हार पछि ४ खेलमा २ अंक रहेको राजविराज राजदेवी अंकतालिकामा पाँचौ स्थानमा छ । ३ खेलमा ३ अंक सहित तिलाठी कोइलाडी चौंथो स्थानमा छ। ३ खेलमा ४ अंक सहित तिरहुट टाइगर्स तेश्रो स्थानमा छ ।

    प्रतियोगिता अन्तर्गत सातौँ दिन बिहिबार पनि दुई खेल हुनेछन् ।विहान ९:३० बजेको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र कन्चनरुप राइनोज तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ । जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

    कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

    राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ ।

    सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ४

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ५

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ६

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ७

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ८

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ९

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १०

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution