Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ११ मिनेट अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २0 घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २३ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मलेठ घटनाको ८ वर्ष : अझै सार्वजनिक हुन सकेन छानबिन प्रतिवेदन

  • चन्दन यादब
  • २०८१ फागुन २३, शुक्रबार (११ महिना अघि)

  • राजबिराज । सप्तरीको मलेठमा प्रहरी आक्रमणमा ५ जनाको मृत्यु भएको आज ८ वर्ष पुगेको छ । तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा राखेपछि तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो ।

    सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच तत्कालीन एमालेले कार्यक्रम गर्दा प्रदर्शनकारीको ठूलो संख्या मञ्चतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको थियो । 

    प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो । मलेठ घटनाले मधेस केन्द्रित विभिन्न ६ वटा पार्टीलाई एकतासम्म पुर्‍यायो । 

    मृतक ५ जनाकै स्मृतिमा १६ चैत २०७३ मा औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधसश सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक एककीरण गर्ने सहमतिमा पुगेका थिए । उनीहरूले पार्टी एकीकरण गरेर वैशाख २०७४ मा राजपा गठन गरेका थिए ।

    यसरी भएको थियो घटना

    तत्कालीन संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, फोरम गणतान्त्रिक, तराई मधेश सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी गरी ७ मधेशवादी दल मिलेर मोर्चा बनाई संविधान संशोधन सहितको माग राखी आन्दोलन चर्काइरहेका थिए ।

    मधेशी मोर्चाले आन्दोलन चर्काइरहँदा मोर्चाको मूल प्रतिद्वन्द्वीका रूपमा देखिएको एमालेले मधेश केन्द्रित मेची–महाकाली अभियान संचालन गरेको थियो ।

    सो अभियानअन्तर्गत तत्कालीन एमाले नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको सहभागितामा सप्तरीको राजविराजमा एमालेले सभा गर्न खोजेपछि मोर्चा चिढिएको थियो । मोर्चाको विरोधपछि एमालेले राजविराज नगर भन्दा ३ किलोमिटर उत्तर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्ने तयारी गरेको थियो ।

    २०७३ फागुन २२ गतेदेखि नै राजविराज, औद्योगिक क्षेत्र, मलेठ वरपर रणभूमिजस्तै डरलाग्दो स्थिति उत्पन्न भएको थियो । एमालेले ०७३ फागुन २३ गते मलेठस्थित औद्योगिक क्षेत्रमा सभा सुरु गरेपछि ठूलो संख्यामा मोर्चाका कार्यकर्ता उक्त कार्यक्रम स्थलतर्फ बढे ।

    ३ हजारभन्दा बढी सुरक्षाकर्मीको घेरामा एमालेको सभा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन सुरु गर्ने बित्तिकै मोर्चाका कार्यकर्ताले प्रहरीको घेरा तोडे र सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउन सुरु गर्‍यो । सो क्रममा गोली लाग्दा ५ जनाको ज्यान गएपछि एमालेले सो अभियान स्थगन गरेको थियो भने मोर्चाले आन्दोलन थप चर्काएको थियो ।

    तीव्र बल प्रयोग गरेको आलोचना खेपेका नेपाल प्रहरीका तत्कालीन एसपी दिवेश लोहनी र सशस्त्रका एसपी जयबहादुर खड्कालाई गृह मन्त्रालयले तत्काल फिर्ता बोलाएको थियो । मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

    समितिले २०७४ जेठ २९ गते छानबिन प्रतिवेदन आयोगलाई बुझाएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठस्थित एमाले आमसभास्थलमा २३ फागुनमा भएको हिंसाको मुख्य जिम्मेवार एमाले र मधेसी मोर्चा भएको ठहर गरेको थियो ।

    आफ्नो शक्ति प्रदर्शन गर्ने दुवैको होडबाजीका कारण अनाहकमा पाँच जनाको ज्यान गएको उसको ठहर थियो । आयोग प्रतिवेदनले सभा सम्मेलन गर्न पाउने एमालेको अधिकार भए पनि ठूलो राजनीतिक शक्तिले राजनीतिक तनाव जारी रहेका बेला नागरिकको सुरक्षाका खातिर जिम्मेवारी देखाउनुपर्ने विश्लेषण थियो ।

    त्यसै गरी, मधेशी मोर्चाको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार रहे पनि आयोगले अर्काको लोकतान्त्रिक अधिकारमाथि आघात पार्ने काम गर्दा अनपेक्षित र दुःखद परिणाम आएको प्रतिवेदनको ठहर थियो ।

    मलेठ घटनाबारे पूर्वन्यायाधीश अन्सारीको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनप्रति मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले असन्तुष्टि जनाउँदै अर्को छानबिन समिति गठन गरेको थियो ।

    २०७५ साउन ७ गतेको मन्त्रीस्तरीय बैठकले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रप्रसाद यादवको संयोजकत्वमा तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह सदस्य र उप–न्यायाधिवक्ता कृष्णप्रसाद बराल सदस्य–सचिव रहेको छानबिन समिति गठन गरेको थियो ।

    ३ भाग, ७ शीर्षक समेटेर तयार गरिएको ३९ पृष्ठको छानबिन प्रतिवेदन प्रदेश सरकारले सार्वजनिक भने गरेको छैन । स्रोतका अनुसार प्रदेश सरकारको छानबिन समितिले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई त्रुटिपुर्ण रहेको बताएको थियो ।

    मानव अधिकार आयोगको उक्त उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले अधिकांश सत्यतथ्य संकलन गरेको छ,’ स्रोतले भन्यो, ‘प्रदेश सरकारले गठन गरेको छानबिन प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको सही विश्लेषण गर्दागर्दै पनि उक्त घटनाको सन्दर्भमा निष्कर्ष निकाल्न त्रुटि गरेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution