जनकपुर । मधेश प्रदेश सभाको बैठक आज पनि नबसी स्थगित गरिएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिना कुनै कारबाही सुरु नै नगरी स्थगित गरिएको हो । प्रदेश सभा सचिव बासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
हाल मधेश प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनलाई लिएर सत्ता पक्षभित्रै मतभेद देखिएको छ, जसका कारण प्रदेश सभा सञ्चालनमा समस्या आइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |