Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १९, शुक्रबार
  • राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    १ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    १ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ३ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ४ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १९, शुक्रबार
in
FLASH NEWS
  • १राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • २साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ३सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ४नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ५ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ६गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ७प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ८ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • २३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

  • चन्दन यादब
  • २०८२ अषाढ ३१, मंगलबार (४ महिना अघि)

  • राजविराज । सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप अन्तर्गतको ‘सप्तरी प्राइड लिग’ क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

    मंगलबार सम्पन्न दुई खेलमा शानदार जित निकाल्दै कञ्चनरुप राइनोज समूह ‘ए’ को उपविजेता तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेता बनेर सेमीफाइनलमा प्रवेश गरेका छन् । यसअघि नै राजविराज राजदेवी रोयल (समूह ‘ए’ विजेता) र तिरहुट टाइगर्स (समूह ‘बी’ विजेता) अन्तिम चारमा पुगिसकेका थिए ।

    यससँगै राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

    सेमीफाइनल खेलहरू बुधबार हुनेछन्, जहाँ पहिलो खेलमा राजविराज राजदेवी रोयलले खडक वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा तिरहुट टाइगर्सले कञ्चनरुप राइनोजसँग भिडन्त गर्नेछ । उपाधि प्रतिस्पर्धा साउन १ गते बिहीबार हुनेछ ।

    कञ्चनरुप राइनोजको सहज जित

    पबी स्कुल मैदानमा सम्पन्न पहिलो खेलमा कञ्चनरुप राइनोजले हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

    सिर्जना गरिएको ३८ रनको लक्ष्य राइनोजले ८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

    राइनोजका महानन्द यादवले १२ बलमा २ चौका र १ छक्का सहित १४ रन बनाउँदै टिमलाई जितको नजिक पुर्‍याए। राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन र रिराज सहाले ५ रनको योगदान दिए ।

    हिरोजका बलर सञ्जन बैठाले २.४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए, तर उनीहरूको प्रयास पर्याप्त रहेन । गोमानन्द अमात्यले २ विकेट र सञ्जीव मण्डलले १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको हनुमाननगर हिरोज १०.३ ओभरमै ३७ रनमा अलआउट भयो ।

    राइनोजका सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४–४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र दिए। मुकेश सिंहले २ विकेट लिए ।

    खडक वारियर्सको दमदार प्रदर्शन

    आजै सम्पन्न दोस्रो खेलमा खडक वारियर्सले रोयल च्यालेन्जर्स बरही वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्‍यो ।

    १२२ रनको लक्ष्य वारियर्सले १६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

    वारियर्सका सन्तोष कार्कीले अविजित ६३ रनको अर्धशतकीय योगदान दिए, जसमा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर फिरदोस अन्सारीले अविजित ४३ रन बनाए (३४ बलमा ६ चौका)। उनीहरूले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको वीरपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। भीम यादवले सर्वाधिक २५ रन बनाए भने तृप्तराज दासले २२, राहुल विकले १५ र अमित यादवले १४ रन जोडे ।

    खडक वारियर्सका बलर फिरदोस अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २–२ विकेट लिए। पप्पु यादव (बी) र पप्पु यादव (ए) ले समान १ विकेट लिए ।

    खेलपछि सन्तोष कार्कीलाई प्लेयर अफ द म्याच र फिरदोस अन्सारीलाई गेम चेन्जर घोषित गर्दै राजविराज नगरपालिका वडा नं. ११ का अध्यक्ष उदित नारायण यादव र कार्यपालिका सदस्य ललिता कर्णले कप तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा विजेता टिमले रु. २ लाख र उपविजेताले रु. १ लाख पुरस्कार प्राप्त गर्ने संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ताजा अपडेट
    १

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ६

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ७

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ८

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ९

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १०

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution