Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    २ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    २ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ४ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ४ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ६ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ हफ्ता अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ हफ्ता अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १६, आईतबार
in
FLASH NEWS
  • १अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • २सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ३राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ४सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ५पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ६फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ७अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ८सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १६ दिनदेखि वेपत्ता नितुको केसमा रहस्य गहिरिँदै, परिवार चिन्तित र पीडित

  • भूषण सिहं
  • २०८२ श्रावण ४, आईतबार (३ महिना अघि)

  • राजविराज । सप्तरीको राजविराज नगरपालिका- ७ की २५ वर्षीया नितु कुमारी मेहता १६ दिनदेखि रहस्यमय रूपमा बेपत्ता भएकी छन् । घरबाट जेठी छोरीलाई विद्यालय पुर्‍याएर फर्किने भन्दै निस्केकी नितुको अहिले सम्म कुनै अत्तोपत्तो लागेको छैन ।

    नितुको बेपत्ता हुनु सामान्य घटनाभन्दा पनि एक गम्भीर र जटिल रहस्य बनेको छ । बेपत्ताको दिन अर्थात असार २० गते बिहान १०:३० बजे उनले ६ वर्षीया छोरी सन्ध्यालाई नोबेल एकेडेमी स्कुल पुर्‍याएको सीसीटीभी फुटेजमा देखिन्छ । त्यसपछि दिउँसो २ बजेतिर उनी एक्लै सीमावर्ती भारतीय बजार भीमनगरतर्फ गइरहेको अर्को सीसीटीभी फुटेजमा देखिएको छ ।

    अझ चकित पार्ने कुरा त के भने, आमाले छोरीलाई “म मामाघर जान्छु, ३–४ दिनमा फर्किन्छु” भनी बताएका रहेछिन् । यसले घटना योजनाबद्ध थियो कि भन्ने आशंका पनि जन्माएको छ । तर, श्रीमान सुरेन्द्र मेहताले भने, “जहाँ जानुछ, त्यहाँ जाँदैछु, २ वटै छोरीलाई राम्ररी हेर्नू” भनेर फोनमा अन्तिम पटक कुरा गरेपछि नितुले मोबाइल बन्द गरेकी थिइन् ।

    दुबईमा रोजगारीरत सुरेन्द्र मेहता जेठी छोरी सन्ध्याको मुण्डन समारोहका लागि घर फर्किएका थिए । तर समारोह अघि नै श्रीमतीको हराइले उनी मानसिक रूपमा निकै पीडित छन् ।

    “हामीले सबै सम्भावित स्थान, आफन्त, साथीभाइ र नातागोता कहाँ खोजिसकेका छौं । प्रहरीलाई पनि हराएको दिन राति १० बजे नै खबर गरेका थियौं । तर अहिलेसम्म केही पत्ता लागेको छैन,” ससुरा राम नारायण मेहताले बताए ।

    प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार वस्नेतका अनुसार, सीसीटीभी फुटेज तथा सीमावर्ती क्षेत्रका सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र पारिएको छ । तर अहिलेसम्म खोजी अभियान निष्कर्षमा पुग्न सकेको छैन ।

    सामाजिक सञ्जालमा नितुको फोटोसहित परिवारले सार्वजनिक अपिलसमेत गरिसकेका छन् । मानव तस्करी, घरेलु समस्या वा स्वेच्छिक रूपमा बाहिरिएको जस्ता विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि यो घटना दिनदिनै रहस्यमय बन्दै गएको छ ।

    नितुको सुराकी पाउन नसकिँदा परिवार मानसिक तनावमा छन् भने स्थानीय स्तरमा पनि यो घटना चासोको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ताजा अपडेट
    १

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ६

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ७

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ८

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ९

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १०

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution