Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ७, सोमबार
  • डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    २ घण्टा अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    २ घण्टा अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २३ घण्टा अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    १ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    २ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ४ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ४ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ७, सोमबार
in
FLASH NEWS
  • १डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • २सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ३तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ४बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ५जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ६मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ७कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ८सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

  • चन्दन यादब
  • २०८२ श्रावण १५, बिहिबार (४ महिना अघि)

  • राजविराज । हरेक वर्ष बाढी र डुबानका कारण सप्तरी जिल्लाका विभिन्न क्षेत्र प्रभावित हुँदै जनधनको ठूलो क्षति हुने गरेको छ । यस्तो क्षति न्यूनीकरण गर्न बाढीसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने पहल थालिएको छ ।

    सबल नेपाल र ईसिमोडको सहकार्यमा सप्तरीमा हाल कार्यान्वयनमा रहेका सूचना प्रणालीलाई सुदृढ बनाउँदै क्षति तथा जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित तयारी सुरु गरिएको हो ।

    यसै सन्दर्भमा बिहीबार राजविराजमा सबल नेपाल तथा ईसिमोडको सहयोगमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा प्रारम्भिक चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक पहलहरूबारे छलफल गरिएको थियो । कार्यशालामा समुदायमा आधारित चेतावनी प्रणाली र ईसिमोडले विकास गरेको प्रणालीबीच एकीकरण गर्ने उपायमा विशेष ध्यान केन्द्रित गरियो ।

    खाडो नदीमा आउने वार्षिक बाढीबाट बच्न रूपनी गाउँपालिका, राजविराज नगरपालिका, र तिलाठी कोईलाडी गाउँपालिकाका क्षेत्रमा मोबाइल एसएमएसमार्फत समुदायस्तरसम्म समयमै सूचना पुर्‍याउनु अत्यावश्यक रहेको सहभागीहरूले बताए ।

    तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार, प्रत्येक वर्ष खाडो नदीको बाढीले लाखौँको जनधनको क्षति पुर्‍याउँदै आएको छ। यदि सूचना प्रणालीलाई प्रभावकारी बनाइयो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

    यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरि बाढीबाट अति प्रभावित तथा जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन गरेर पूर्वसूचना प्रदान गर्ने कार्ययोजना तयार गरिरहेको जानकारी दिइएको छ । जोखिममा रहेका स्थानहरूको यकिन विवरणपछि सम्बन्धित स्थानीय तहमार्फत विपद्का सम्भावित असरबारे बासिन्दालाई जानकारी गराइने छ ।

    उक्त कार्यशालामा रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, भलुवाही गणका सेनानी लवजंग थापा, ईसिमोडका डा. राजेश बहादुर थापा, हाइड्रोलोजिस्ट मनिष श्रेष्ठ, राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरी, महादेवा गाउँपालिकाका विपद् व्यवस्थापन स्रोत व्यक्ति कमल खत्री, र जिल्ला युवा सञ्जालका अध्यक्ष त्रिवेणी यादवले प्रभावकारी सूचना प्रणालीमार्फत नागरिकलाई सुरक्षित र सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

    सबल नेपालका उपाध्यक्ष भूपेश साहको अध्यक्षतामा सम्पन्न कार्यशालामा डा. राजेश बहादुर थापा, शैलेन्द्र शाक्य, निर्देशक दीपक झा, वरिष्ठ प्रबन्धक अशोक साहलगायतले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा रूपनी गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजविराज नगरपालिका, विपद् व्यवस्थापन शाखा, जेईडिसी, युवा सञ्जाल, बाल सञ्जाललगायत संस्थाको सक्रिय सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ताजा अपडेट
    १

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    २

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ३

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ४

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ५

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ६

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ७

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ८

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ९

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १०

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution