काठमाण्डौ । जीवनका उतारचढावलाई नृत्य र उमंगमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित लोकपप शैलीमा तयार पारिएको तीज गीत “आउ नाचौं सङ्गी हो जिन्दगनीमा” सार्वजनिक गरिएको छ ।
गीतमा बन्दना मैनाली र अमृत खातीको स्वर रहेको छ भने शब्द र लय अमृत खालिको रहेको छ । संगीत संयोजन विश्वास नेपालले गरेका हुन् । मिक्सिङ र मास्टरिङको काम खडक बाजुरालीले गरेका हुन् भने रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो ।
भिडियोतर्फ, सरद एलजी, स्विकृति खाती र ट्रेजिना लमिछानेको आकर्षक अभिनय रहेको छ । भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । दुर्गा श्रेष्ठको छायांकन, विश्व खड्काको सम्पादन, सरिला सुनुवारको मेकअप तथा हेयर स्टाइल, र इन्दु भण्डारीको कोरियोग्राफीले गीतलाई थप आकर्षक बनाएको छ ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सांगीतिक क्षेत्रमा बन्दना मैनालीको यो प्रस्तुति नयाँ ऊर्जा र सन्देश बोकेको मानिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |