राजविराज । रुपनी गाउँपालिका–३ कटैयामा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय शम्भुकुमार इसर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार इसर गाउँकै धान खेतमा जडान गरिएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |