सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतवार सप्तरीको राजगढ–२ कमलपुर पुगेका छन् । उनले गोली लागेर मृत्यु भएका ३६ वर्षीय लालु यादवको घर र घटनास्थलमा पुगेर शोकाकुल परिवार, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरेका छन् ।
स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भन्ने कामना गरे। उनले घटनाबारे विस्तृत जानकारी लिँदै आवश्यक अनुसन्धान र छानबिनको कार्य तीव्रगतिमा भइरहेको बताए ।
मुख्यमन्त्री सिंहले सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गर्दै दोषीमाथि कानूनी कारबाही सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |