सप्तरी । करिब पाँच हप्तादेखि बेपत्ता रहेका राजविराज–८ स्थित श्याम बाबा राइस एण्ड आयल मिलका म्यानेजर उपेन्द्र कुमार भगत रौतहटको गौरमा मृत फेला परेका छन् ।
सप्तरीको खडक नगरपालिका–३ घर भएका ५८ वर्षीय भगत गत असार २५ गते साँझ कामबाट निस्किएपछि सम्पर्कविहीन बनेका थिए। उनी गौर–५ मा रहेको नेपाल लजको २०२ नम्बर कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
तीन दिनअघि सो लजमा बसेका उनको शव दुई खाटबीच भुईँमा लडेको अवस्थामा भेटिएको थियो। मुखबाट रगत आएको भए पनि बाहिरी चोटपटक भने देखिएको छैन । शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
परिवारजनले मृतक कोठाबाट ननिस्कँदा पनि लज व्यवस्थापनले वास्ता नगरेको भन्दै घटनालाई शंकास्पद बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |