काठमाडौँ । अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पार्टीको पछिल्लो बैठकले खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहलाई पदबाट फिर्ता बोलाउने र उनीहरूको स्थानमा नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
जसपाका उपाध्यक्ष परशुराम बस्नेतका अनुसार पार्टीले डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने तयारी गरेको छ । उनले भने, “पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो । अब नयाँ नेतृत्वलाई अवसर दिन निर्णय भएको हो ।”
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका यादव र साहले यही भदौ ११ गतेभित्र राजीनामा दिने बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |