सप्तरी । सप्तकोशीमा पानीको बहाव खतराको तह नाघेपछि आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् ।
आज (आइतबार) बिहान ११ बजे मापन गर्दा सप्तकोशी नदीमा ५ लाख १० हजार ९६० क्युसेक प्रति सेकेन्ड बहाव पुगेको हो, जुन खतराको संकेत हो ।
स्थिति गम्भीर बन्दै गएपछि कोशी व्यारेजका ५६ वटै ढोका खोलिएका छन् । साथै, कोशी व्यारेज पुल भएर हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा अनुसार सप्तरीसँगै उदयपुर र सुनसरीका नदी तटीय क्षेत्रहरूमा उच्च जोखिम रहेको छ । स्थानीय बासिन्दालाई सजग रहन तथा आवश्यक परे सुरक्षित स्थानमा सारिन आग्रह गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |