







Memo Khabar 
राजविराज । तिहार तथा छठ पर्वको अवसरमा लिटिल फ्लावर माध्यमिक विद्यालय, राजविराजले अन्तर सदन (इण्टर हाउस) हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
आइतबार राजविराज–२ स्थित विद्यालय प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई ८ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. कमानन्द देवले विद्यालय स्थापना कालदेखि नै विद्यार्थीहरूको बौद्धिक, मानसिक र शारीरिक विकासलाई ध्यानमा राखी निरन्तर हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको जानकारी दिए ।
डा. देवका अनुसार विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा विस्तार गर्न, स्मरण शक्ति वृद्धिमा सहयोग पुर्याउन र जिम्मेवार तथा लगनशील बनाउने उद्देश्यले विद्यालयले विभिन्न प्रकारका प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम डा. कमानन्द देवको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा आधारभूत विद्यालय फर्सैठका शिक्षक महेश साह, बालज्योति मावि ओखलढुंगाका शिक्षक सियाराम दास, लिटिल फ्लावर विद्यालयकी व्यवस्थापक शान्डली देव, सह–प्राचार्य पुण्यलाल यादव, तथा मेमो खबर अनलाइनका सम्पादक चन्दनकुमार यादवलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सह–प्राचार्य पुण्यलाल यादवका अनुसार प्रतियोगितामा सामान्य ज्ञान, सामाजिक विषय, खेलकुद, विज्ञान, गणित, रेपिड फायर, चित्र पहिचान र बहुविकल्पीय प्रश्नजस्ता विभिन्न विषयहरू समावेश गरिएको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |