







भूषण सिहं 
राजबिराज । छठ पर्वको पावन अवसरमा समाजसेवी तथा साहित्यकार करुणा झाले श्रद्धालु महिलाहरुलाई सारी वितरण गरेकी छन् ।
शुक्रबार राजबिराजमा आयोजित कार्यक्रममा झाले करिब चार दर्जन महिलाहरुलाई सारी प्रदान गरेकी हुन् । धार्मिक तथा सामाजिक भावनालाई सशक्त बनाउन र महिलाहरुमा उत्साह बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
करुणा झाले विगत एक दशकदेखि निरन्तर रुपमा छठ पर्व लगायत विभिन्न धार्मिक तथा सामाजिक अवसरमा सहयोग र वितरण कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।
उनले भनिन्, “छठ पर्व श्रद्धा, आस्था र स्वच्छताको पर्व हो । यो पर्वले महिलाहरुमा धार्मिक ऊर्जा र आत्मबल वृद्धि गर्दछ ।”
कार्यक्रममा स्थानीय महिला समूह, युवाहरु र श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |