







चन्दन यादब 
राजविराज । राजविराजस्थित करदाता सेवा कार्यालय अन्यत्र स्थानान्तरण गर्ने तयारीविरुद्ध शुक्रबार राजविराजमा विरोध प्रदर्शन गर्दै बजार बन्द गराइएको छ ।
उद्योग वाणिज्य संघको अगुवाइमा भएको आन्दोलनमा स्थानीय युवा, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा जेनजी युवाहरूको सहभागिता रहेको थियो । उनीहरूले सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्दै नगरका विभिन्न स्थानमा माइकिङसहित बजार बन्द गराएका हुन् ।
यता प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कर कार्यालय सार्ने विषयमा जिल्ला प्रशासन कार्यालयलाई अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पार्नुभयो ।
तर, अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कर सेवा कार्यालयहरूलाई क्रमशः स्थानीय तहको जिम्मेवारीमा लैजाने, अनलाइन प्रणाली लागू गर्ने तथा तत्काल प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिने उल्लेख छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |