







Memo Khabar 
राजविराज । छिमेकी देश भारतको विहार राज्यमा कार्तिक २५ गते (२०२५ नोभेम्बर ११) मा हुन गइरहेको विधान सभा आम निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्तिक २३ गते राति १२ बजेबाट २५ गते राति १२ बजेसम्म सिमानाका बन्द रहने जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी सूचनामा विहारको विभिन्न जिल्लामा सम्पन्न हुन गइरहेको विधान सभा आम निर्वाचनलाई लक्षित गरेर सिमानाका हुँदै मानिस तथा सवारी–साधन आवतजावत पूर्ण रोक गरिएको उल्लेख छ ।
सप्तरीसँग सीमा जोडिएका बिहार राज्यका मधुबनी र सुपौल जिल्लातर्फका मुख्य नाका सहित अन्य भित्रिने–निस्किने मार्गमा समेत आवागमन रोक लागू हुने प्रशासनले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |