







Memo Khabar 
राजविराज । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कार्यालयमै पुगेका १० हजार ७८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीका अनुसार दर्ता गराउनेमध्ये ५ हजार ७६२ पुरुष र ५ हजार १९ महिला छन् । उनले अन्य जिल्लाबाट आएका ३० पुरुष र १० महिलाले समेत सप्तरीमा नाम दर्ता गराएको जानकारी दिए ।
उता, राष्ट्रिय परिचयपत्र नम्बर रहेका व्यक्तिहरूले व्यक्तिगत रूपमा पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् ।
निर्वाचन कार्यालयमा भेटिएका नयाँ मतदाताहरूले आउँदो फागुन २१ गते हुने निर्वाचनप्रति उत्साह व्यक्त गर्दै मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुरुमा कात्तिक ३० गतेसम्म निर्धारण गरिएको दर्ता अवधि बढाएर अब मंसिर ५ गतेसम्मका लागि समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |