







Memo Khabar 
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गर्दै ११औं ओभरमा लगातार तीन विकेट लिए ।
जवाफमा लुम्बिनीले लक्ष्य सहजै पूरा गर्यो। ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको आक्रामक इनिङ्स खेले । रोहित पौडेलले १८ रन जोडे ।
यस जितसँगै लुम्बिनी लायन्स एनपीएल सिजन–२को च्याम्पियन बनेको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |