Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार
  • मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ३ घण्टा अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    २२ घण्टा अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ३, बिहिबार
in
FLASH NEWS
  • १मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • २कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ३सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ४अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ५खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ६तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ७लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ८लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

  • चन्दन यादब
  • २०८२ पौष ३, बिहिबार (३ घण्टा अघि)

  • सिरहा । मिडियाको संरक्षण, विज्ञापन नीति, पत्रकारको सुरक्षा, आचारसंहिता तथा सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सञ्चारकर्मीहरूले जोड दिएका छन् ।

    बिहीबार सिरहाको लहानमा मिडिया काउन्सिलद्वारा आयोजित ‘सञ्चार माध्यमको अवस्था र चुनौती’ विषयक एकदिने गोष्ठीमा वक्ताहरूले उक्त आवश्यकता औंल्याएका हुन् ।

    कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जिवछी यादवले लोकतन्त्र स्थापनामा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हित, सेवा–सुविधा तथा सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले पत्रकारिताको विकासका लागि मधेश प्रदेश सभाबाट आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगाले पत्रकारितामा देखिएका विकृति अन्त्य गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले देशमा परिवर्तन ल्याउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण भए पनि सरकार र राजनीतिक दलहरूले पत्रकारको विकास र सुरक्षालाई पर्याप्त रूपमा आत्मसात् नगरेको गुनासो गरे ।

    मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले पत्रकारिता र पत्रकारलाई मर्यादित बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। पत्रकारको दक्षता, क्षमता विकास र सञ्चार माध्यमको सशक्तीकरणका लागि मिडिया काउन्सिल गठन गरिएको उनले स्पष्ट पारे ।

    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले मिडियालाई जीवन्त राख्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। विज्ञापनको स्थायी स्रोत नहुँदा पत्रपत्रिकाको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उनले लोककल्याणकारी विज्ञापनको सुविधा बढाउन माग गरे ।

    अध्यक्ष देवले अहिले प्रविधिको दुरुपयोग गर्दै मोबाइल बोकेर जथाभावी पत्रकारको नाममा धम्की दिने, रकम नदिए भिडियो वा फोटो सार्वजनिक गर्ने र आचारसंहिताको पालना नगर्ने व्यक्तिहरू सक्रिय भएको उल्लेख गर्दै त्यस्ता मिडिया र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिए । सरकारी तथा सार्वजनिक सूचना सहज रूपमा उपलब्ध नहुँदा समस्या हुने गरेको गुनासो समेत उनले राखे ।

    प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले कुनै दल वा पार्टीमा नलागी निष्पक्ष र स्वतन्त्र रूपमा पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । सप्तरीका पूर्व अध्यक्षसमेत रहेका झाले पत्रकारको सीप र क्षमता विकास, सुरक्षा, पेशागत हकको ग्यारेन्टी तथा पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

    सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले मधेश प्रदेश र स्थानीय सरकारले पत्रकारिता क्षेत्रलाई आफ्नै अंगका रूपमा नस्वीकार्दासम्म मधेशको पत्रकारिता विकास सम्भव नहुने जिकिर गरे ।

    गोष्ठीमा सञ्चारकर्मी विनय कर्णले पत्रकारितामा नीतिगत सुधार आवश्यक रहेको, योग्यताको आधारमा मापदण्ड बनाएर पत्रकार र सञ्चार माध्यमको वर्गीकरण गर्नुपर्ने तथा पत्रकारलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा मधेश प्रदेश सरकारअन्तर्गत आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगा, मिडिया काउन्सिल सदस्य रिंकु मिश्र, आम सञ्चार प्राधिकरण सदस्य नवीन गुप्ता, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता लगायत सिरहा र सप्तरीका दर्जनौं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    २

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ३

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ७

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ८

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ९

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १०

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution