







Memo Khabar 
राजबिराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ई. रामजी यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।
पहिलोपटक संसदीय निर्वाचनमा होमिएका यादवले परिवर्तन र नयाँ राजनीतिक अभ्यासको एजेन्डासहित आफू मैदानमा उत्रिएको बताएका छन् ।
यसअघि नै सप्तरी- २ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंह तथा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रभावशाली नेताहरूको उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै कडा र रोचक हुने संकेत देखिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |