







Memo Khabar 
राजबिराज । राजबिराजमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप पुरुष जिल्ला स्तरीय छनोट क्रिकेट प्रतियोगितामा डाक्नेश्वरी क्रिकेट टिम विजयी भएको छ ।
बुधबार स्थानीय पविमावि खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डाक्नेश्वरीले ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै २३१ रनको योगफल खडा गर्यो ।
डाक्नेश्वरीका लागि मन्नु दासले ६३ रन, सचिन मुखियाले ४५ रन तथा शिव दासले अविजित १६ रन बनाए ।
छिन्मस्ताका कर्ण बहादुर विकले ४ विकेट, विवेक कुमार यादवले ३ विकेट र रमानन्द मुखियाले २ विकेट लिए ।
२३२ रनको लक्ष्य पछ्याउने क्रममा छिन्मस्ता टोली २० ओभर ५ बलमै सबै विकेट गुमाउँदै ७१ रनमै सीमित भयो ।
छिन्मस्ताका लागि अभिषेक यादवले १५ रन र अजय यादवले १२ रन बनाए ।बलिङतर्फ डाक्नेश्वरीका सुमन चौधरीले ५ विकेट, शिव दासले ३ विकेट तथा रोविन सिंहले १ विकेट लिए ।
सप्तरी क्रिकेट संघका सदस्य संजय कार्कीका अनुसार बिहीबार कंकालनी र लोहजरा बीच खेल हुने छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |