







Memo Khabar 
राजविराज । सप्तरी जिल्लाको कोचाबखरीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाको आयोजनामा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका १८२ जना गरिब तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो। वितरण कार्यक्रम बैंकको राजविराज शाखा प्रमुख सूर्य नारायण मुखियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा क्षेत्रीय तथा शाखा तहका बैंक कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। साथै स्थानीय जनप्रतिनिधि उप–मेयर राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख मुखियाले शिक्षा राष्ट्र विकासको आधार भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |