Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १३, मंगलबार
  • सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २0 मिनेट अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    १ घण्टा अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ३ दिन अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ३ दिन अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ४ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ४ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४ दिन अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १३, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • २सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ३संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान
  • ४कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण
  • ५गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • ६नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ७पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ८उपेन्द्र यादव जनमतमा प्रवेश

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    अनुगमन निकाय मौन

  • चन्दन यादब
  • २०८२ माघ १३, मंगलबार (१ घण्टा अघि)

  • राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएका छन् । तर, यस्ता उल्लंघनप्रति सम्बन्धित निकायहरूको मौनताले गम्भीर प्रश्न खडा गरेको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३७ दिन मात्र बाँकी रहँदा पनि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता खुलेआम उल्लंघन भइरहेको देखिन्छ । आचारसंहिता अनुसार सार्वजनिक स्थलमा चुनावी प्रचार सामग्री टाँस्न, झुण्ड्याउन वा प्रदर्शन गर्न स्पष्ट रूपमा निषेध गरिएको छ ।

    तर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत उम्मेदवार रहेको सप्तरी–२ क्षेत्रमा नै पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताहरूले आचारसंहिता विपरीत चुनाव चिन्ह अंकित तोरणहरू राजविराज नगरका विभिन्न मुख्य चोकहरूमा टाँसेका छन् ।

    सोमबार मध्यरातमा जनमत पार्टीका कार्यकर्ताहरूले राजविराजको गजेन्द्र चोकमा चारैतर्फ चुनाव चिन्हसहितका तोरण टाँगेका छन् । त्यस्तै, गजेन्द्र चोक आसपासका विभिन्न चौबाटोहरू, गजेन्द्र चोकदेखि दक्षिणतर्फ पर्ने नेता चोकसम्मको सडक खण्ड तथा नेता चोकका चारैतर्फका सडकहरूमा समेत जनमत पार्टीको चुनाव चिन्ह उल्लेखित तोरणहरू झुण्ड्याइएको देखिएको छ ।

    सबैभन्दा गम्भीर पक्ष भनेको, आचारसंहिता उल्लंघन भइरहेको स्थानमै प्रहरीको नियमित ड्युटी रहँदा पनि कुनै कारबाही नहुनु हो । तोरणमुनि नै प्रहरी खटिएको अवस्थामा पनि न त हटाउने प्रयास गरिएको छ, न त सम्बन्धित पक्षमाथि कुनै कारबाही भएको छ । यसले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएको स्थानीयहरूको गुनासो छ ।

    यसैगरी, जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक रहेका मुख्य निर्वाचन अधिकृत, सह–संयोजक प्रमुख जिल्ला अधिकारी तथा अन्य सम्बन्धित निकायहरू पनि यस विषयमा पूर्ण रूपमा मौन देखिएका छन् ।

    स्थानीय सरोकारवालाहरूले शक्तिशाली दल र प्रभावशाली उम्मेदवारको हकमा आचारसंहिता लागू नहुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। यदि यस्ता उल्लंघनलाई समयमै नियन्त्रण नगरिए निष्पक्ष, स्वच्छ र भयमुक्त निर्वाचनको प्रत्याभूति गर्न कठिन हुने उनीहरूको भनाइ छ ।

    निर्वाचन आयोगले सबै दल र उम्मेदवारलाई समान रूपमा आचारसंहिता पालना गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नदेखिनु चिन्ताको विषय बनेको छ ।

    अब प्रश्न उठेको छ । आचारसंहिता उल्लंघन स्पष्ट देखिँदा पनि सम्बन्धित निकाय किन मौन छन् ? के अनुगमन समिति केवल औपचारिकतामा सीमित भएको हो ?

    यदि निर्वाचन आयोग र जिल्ला प्रशासनले यस विषयमा शीघ्र ध्यान नदिए निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि नै गम्भीर प्रश्नचिन्ह लाग्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    उपेन्द्र यादव जनमतमा प्रवेश

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ताजा अपडेट
    १

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ७

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ८

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ९

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १०

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution