







Memo Khabar 
राजविराज । राजविराज जेसिजको अध्यक्षमा रबी कुमार राय निर्विरोध चयन भएका छन् । राजविराज जेसिजको ५० औँ शाखा अधिवेशनबाट राय वर्ष २०२६ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै जेसिजको आगामी कार्यदिशा र योजनामाथि समेत छलफल गरेको थियो । अध्यक्षमा चयन भएका रायले जेसिजका काम, कर्तव्य र जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउँदै समाजसेवा तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले युवाको नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरूलाई थप सशक्त बनाइने बताए । साथै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सचेतनाका क्षेत्रमा जेसिजको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
५० औँ शाखा अधिवेशनको अवसरमा जेसिजका पूर्व अध्यक्ष, सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले नवनिर्वाचित अध्यक्ष रायलाई सफल कार्यकालको शुभकामना दिँदै जेसिजमार्फत समाजमा सकारात्मक परिवर्तनको अपेक्षा व्यक्त गरे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |