







Memo Khabar 
राजविराज । निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका विभिन्न चोक–चोकमा राखिएका चुनाव चिन्ह उल्लेखित तोरण तथा प्रचार सामग्री हटाइएको छ ।
सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन गर्दै तोरण, झण्डा, पोस्टरलगायत सामग्री टाँगेको पाइएपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको मंगलबार बैठक बसेको थियो । बैठकमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले ती सामग्री २४ घण्टाभित्र हटाउने सहमति जनाएका थिए ।
तर, तोकिएको समयसीमाभित्र सामग्री नहटाइएपछि बिहीबार बिहान अनुगमन समितिले स्वयं राजविराजका विभिन्न स्थानबाट ती प्रचार सामग्री हटाएको हो ।
समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले भने, “समितिको निर्णयअनुसार सार्वजनिक स्थलमा आचारसंहिता उल्लंघन हुने गरी राखिएका सबै प्रचार सामग्री हटाइएको हो ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । तर केही उम्मेदवार तथा दलका नेता–कार्यकर्ताले सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल तथा अन्य सार्वजनिक स्थानमा प्रचार सामग्री राख्दै आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।
अनुगमन समितिले यस्ता गतिविधि पुनः दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |