







Memo Khabar 
राजविराज । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सप्तरी जिल्लाबाट २८ जना खेलाडी छनोट भएका छन् ।
जिल्ला छनोट क्रिकेट प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा सप्तरी क्रिकेट संघले छनोट खेलाडीहरूको बन्दसूची सार्वजनिक गरेको हो । छनोट भएका खेलाडीहरूले अब प्रदेशस्तरीय छनोट हुँदै अन्तिम टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् ।
सप्तरीबाट छनोट भएका खेलाडीहरूमा अमित कुमार यादव, रौनक सिंह, अभिषेक कार्की, बसन्त यादव, भोला शाह, रोबिन सिंह, सौरभ झा, मन्नु दास, जेम्स बिक, रोहन दुजराज बिक, नितेश यादव ‘ए’, कर्ण बहादुर बिक, पप्पु यादव ‘बी’, सुमन चौधरी, सुदीप खत्री, शिव दास, भिम यादव, संजीव मण्डल, पप्पु यादव ‘ए’, निरज यादव ‘ए’, महानन्द यादव, मोहम्मद तौफिक, प्रियांशु कर्ण, अजय यादव, सुशान्त देव, मोहम्मद सोहेल, सन्दीप यादव र विजय यादव रहेका छन् ।
जिल्ला क्रिकेट संघका पदाधिकारीहरूले छनोट भएका खेलाडीहरूलाई बधाई दिँदै आगामी चरणको प्रतियोगिताका लागि अनुशासन र कडा मेहनतका साथ तयारी गर्न आग्रह गरेका छन् । उनीहरूले यस्ता प्रतियोगिताले सप्तरी क्रिकेटको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटको महत्वपूर्ण घरेलु प्रतियोगिताका रूपमा लिइन्छ, जहाँबाट राष्ट्रिय स्तरका थुप्रै प्रतिभाशाली खेलाडी उत्पादन हुँदै आएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |