







Memo Khabar 
राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार विस्फोटक पदार्थ पड्किँदा चार जना बालक गम्भीर घाइते भएका छन् ।
पिकनिक (बनभोज) गर्न खोलामा गएका ती बालकहरूले खोलाको किनारमा फेला परेको शंकास्पद विस्फोटक पदार्थलाई दाउरासँग बाल्न खोज्दा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण छर्रा लागेर चारै जना बालक घाइते भएका हुन् ।
घाइते हुनेहरूमा रुपनी गाउँपालिका–६ निवासी साजन आले मगरका ११ वर्षीय छोरा साहास मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्ण बहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर तथा पदम बहादुर विकका १३ वर्षीय छोरा सुरज विक रहेका छन् ।
घाइते बालकहरूको उपचारका लागि छिल्लमस्ता अस्पताल रनविराजमा पठाइएको प्रहरीले जनाएको छ ।
विस्फोटक पदार्थ कसले र कहिले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीले जानकारी दिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |