







भूषण सिहं 
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत पर्ने विष्णुपुर गाउँपालिकाका इन्जिनियर संजीव नारायण यादव, समाजसेवी सूर्यनारायण यादव, इन्जिनियर सुधीर कुमार मण्डल र सत्येन्द्र नारायण यादवसहित सयौँ व्यक्ति जनमत पार्टीमा आबद्ध भएका छन् ।
आज राजविराजमा आयोजित कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख तथा सप्तरी क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा उम्मेदवार डा. जयकान्त राउत, मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादव र सप्तरी क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा उम्मेदवार सुरेन्द्र मधेशीलगायतका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा सहभागी नेताहरूले मधेश निर्माण, पहिचानको स्थापना र अधिकार सुनिश्चितताका लागि सबै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । जनताको भरोसालाई कदर गर्दै त्यसलाई व्यवहारमा उतार्दै समुन्नत, न्यायपूर्ण र आत्मसम्मानयुक्त समाज निर्माण जनमत पार्टीको साझा संकल्प रहेको उनीहरूको भनाइ थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |