राजबिराज । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरी ऐेतिहासिक, पौराणिक एवं धार्मिक पर्यटकीय नगरी भएकोले यहाँको विकासको लागि जनताको साथ रहेको बताउनु भएको छ ।
मंगलबार बिहान हेलिकप्टरबाट छिन्नमस्ता शक्तिपीठ विशेष पूजापाठ गरी पालिका द्वारा स्वागत तथा अभिनन्दन कार्यक्रम सम्बोधन गर्दै महामहिम राष्ट्रपति पौडेलले सो कुरा बताएको हो ।
उनले भने यहाँको गौरव इतिहास र कृषिको उर्वरा भूमि भएपनि यहाँ सुख्खा देखिएको प्रति चिन्ता व्यक्त गर्दै कोशी- कमला डाइभर्सन काम छिटो भन्दा छिटो सम्पन्न गर्न सरकार सँग आग्रह गर्दछु ।
तराई, मधेश प्रदेशकै ऐतिहासिक गौरव बोके जिल्ला जहाँ सन १९४७ को भारतमा भएको आन्दोलनका नेता जयप्रकाश, राममनोहर लोहिया जस्ता नेतालाई हनुमानगरको जेल तोडेर यहाँ साहसिक नेताहरू मुक्त गराएको सम्झना र सम्मान गर्दै, उनीहरूलाई स्मरण गर्न चाहन्छु, सम्माननीय राष्ट्रपति पौडेलले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल सहित अन्य पूर्वाधार विकासका लागि आफू जनता हरसम्भव साथ रहने विश्वास व्यक्त गर्नु भयो ।
उक्त अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरी छिनन्मस्ता गाउँपालिकाका अध्यक्ष बिधानन्द चौधरीले सम्मान तथा अभिनन्दन गरेका थिए ।
उक्त अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, प्रतिनिधि सभा सदस्य दिनेश यादब , प्रदेश सभा सदस्य निलम रजक, भूतपूर्व जिविस सभापति बिरवल बिराजी यादब, त्यसैगरी सप्तकोसी नगरपालिका कृष्ण प्रसाद ढकाल, सुरूगां नगरपालिका नगरप्रमुख गिता चौधरी, लगायत विभिन्न राजनितिक दलका नेता, समाजसेवी, बुद्वि जिवी, सञ्चारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |