Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २१, आईतबार
  • राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    २ घण्टा अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १0 घण्टा अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ दिन अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २ दिन अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ४ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ६ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    १ हफ्ता अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २१, आईतबार
in
FLASH NEWS
  • १राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • २तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन
  • ३राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा
  • ४२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • ५राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ६साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ७सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ८नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • २३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

  • Memo Khabar
  • २०८२ अषाढ ३०, सोमबार (४ महिना अघि)

  • राजविराज । सप्तरीको राजविराजस्थित पबी स्कुल मैदानमा जारी सप्तरी प्राइड लिगको सातौं संस्करण अन्तर्गत पाँचौं दिनका खेलहरू आज सम्पन्न भएका छन् । आजका खेलहरूमार्फत समूह ‘ए’ बाट राजविराज राजदेवी रोयल्स र समूह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन तिरहुट टाइगर्स सेमीफाइनलमा स्थान बनाउने पहिलो दुई टोली बनेका छन् ।

    पहिलो खेलमा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सबीचको भिडन्त वर्षाका कारण नतिजाविहीन टुंगिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजदेवी रोयल्सले १४.१ ओभरमा ४ विकेटको क्षतिमा १५० रनको सानदार योगफल तयार पारेको थियो । तर त्यसपछि आएको अविरल वर्षाले खेल अवरुद्ध गरायो र अन्ततः रद्द गरिएको घोषणा गरियो। जसका कारण दुबै टिमले १/१ अंक बाँडेका छन् ।

    राजदेवी रोयल्सका ओपनर रोहन विकले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । बसन्त यादवले अविजित २८ रनको योगदान दिए भने दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ र प्रविन यादवले १४ रन बनाए । राजगढ वारियर्सको बलिङतर्फ रोशन यादवले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने बिकी पासवानले १ विकेट हात पारे ।

    दोस्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई एकतर्फी रुपमा १० विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्‍यो। वर्षाका कारण खेल १२ ओभरमा सीमित गरिएको थियो ।  टस जितेर ब्याटिङ गरेको रुपनी राइडर्सले ९.४ ओभरमै ५८ रनमै समेटिएको थियो। कमजोर प्रदर्शन गरेको ब्याटिङ लाइनअपबाट बिकी चौधरीले १५ र विशाल पटेलले १० रन बनाए, तर अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिष्टले घातक प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए । उनको सानदार बलिङका कारण विपक्षी टोली सस्तोमै समेटिएको थियो । उनले ‘प्लेयर अफ द म्याच’को उपाधि जिते। अजय यादवले २.४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए भने अनिल यादवले १ विकेट लिएका थिए ।

    ५९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको तिरहुट टाइगर्सले मात्र २३ बलमै लक्ष्य भेट्टायो । ओपनर अविनाश कर्णले ५ चौका र २ छक्का सहित ३९ रन बनाए भने अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे। सहज जितसँगै टाइगर्स समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुग्न सफल भयो ।

    खेलपछि ‘प्लेयर अफ द म्याच’ चित्र बहादुर बिष्ट र ‘गेम चेन्जर’ अजय यादवलाई राजविराज नगरपालिका वडा नं ६ का अध्यक्ष शशी चौधरी र नगर कार्यपालिका सदस्य सोनी रजकले ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए ।

    आजको खेलपछिको अंकतालिकामा समूह ‘ए’ मा राजविराज राजदेवी रोयल्सले ३ खेलमा ५ अंक बटुलेर शीर्ष स्थानमा रहँदै सेमीफाइनलको यात्रा तय गरिसकेको छ। त्यस्तै, राजगढ वारियर्स ३ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । समूहकै अन्य दुई टोली कन्चनरुप राइनोज र हनुमाननगर हिरोजले समान २ र ० अंक बटुलेका छन्। हनुमाननगरको यात्रा समाप्त भइसकेको छ भने राइनोजले अन्तिम खेलमा जित निकालेमा अर्को चरणमा पुग्ने सम्भावना जीवित रहनेछ ।

    त्यस्तै, समूह ‘बी’ मा तिरहुट टाइगर्स ३ खेलमा ६ अंकसहित अपराजित रहँदै सेमीफाइनल प्रवेश गरिसकेको छ। रुपनी राइडर्स भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूहका अन्य दुई टोली, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सले समान २ अंक बटुलेका छन्। भोलि यी दुई टोलीबीच हुने खेल निर्णायक हुनेछ, जहाँ विजयी टोली समूह ‘बी’ बाट दोस्रो सेमीफाइनलिस्टको रूपमा अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ताजा अपडेट
    १

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    २

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ३

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ४

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ५

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ६

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ७

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ८

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ९

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १०

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    समाचार
    थप

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution